श्रेष्ठ
सिद्धिचरणकॊ सम्झनामा
जेठ २२, २०४९
कान्तिपूरी
इतिहासको मुखदर्शक भई बग्ने
निर्लज्ज बाग्मती
नदीको किनार,
राष्ट्रका
इतिहास-गौरव-गहना सबै जलिजाने
पशुपतिनाथ
प्राङ्गणकॊ आर्यघाट,
धुवाँइ रहेछ
।
अध्यारोँ कोठामा उज्यालो किरण खोजिहिँड्दा,
आफ्नै चीसो स्पर्शले पटकपटक झ्ल्यास्स भइरहँदा,
कठ्याङि्ग्रएछौ
सायद कविवर !
परिवर्तनकारी
तिम्रो असन्तुष्ट आत्मा
न्यानो पार्नका
निम्ति अग्नीमाथि
निदाएछौ त्यसैले
कविवर
!
अध्यारोँ हटाउन कोठाको
झ्र्याल खोल्नुपर्छ ।
सर्वप्रथम
नागरिकहरूमा यो ज्ञान हुनुपर्छ
भन्दथ्यौ तिमी
कविवर !
अनि जनजनमा
चेतनाको आग्लो
कलमको भुत्ते
चुच्चोले उघारिहिँड्दा
युगीन आवश्यक्ता देख्ने थिए कयौँ समकालीन,
तर मुठ्ठी
कसेर मुख फोर्नेमध्ये थियौ तिमी एक ।
राष्ट्रवादी
भइकन 'राष्ट्रधाती' विल्लाको पहिरन !
अन्याय थियो
। तर डिग्मिगाएन तिम्रो डेक ।
चारवटा पर्खालभित्र
शरिर कैद भए पनि
अनन्त मगजभित्र
आजात भई उड्दथ्यौ तिमी ।
परिवर्तन र
समतामूलक समाज निर्माणका निम्ति
विशाल क्रान्तिको
कल्पनामा डुब्दथ्यौ तिमी ।
२२ वर्षको
उमेरमा तिमीले गोरखापत्रमा पहिलोपल्ट 'भूइँचालो' लेखेछौ
आज म २२ वर्षको
उमेरमा तिमीप्रति श्रध्दाञ्जली लेख्दैछु ।
नाती उमेरको
कवL भावना
समर्पित छ
तिम्रो भव्य १०१ औँ जन्मोत्सवमा ।
तर म मेरी
भावनालाई
श्रीङ्गार
र आभूषण दाइजो दिएर
दुलहीपहिरनमा
चिटिक्क सजाई
ससांरिक प्रश्सांसगँ
विवाह गराइदिदैँ छैन,
त्यसकारण यहाँ
कुनै भोजभतेँर छैन ।
जन्मोत्सव
खुसियालीमा नाँचगाँन,
रमझम छैन ।
छ त केवल सरल
भावना ।
मात्र मात्र मात्र
भावना ।
आज तिम्रो
भौतिक उपस्थिती हाम्रो माझमा छैन ।
खुसी मान युगकवी
दुई दशकअघि
नै देहत्याग गर्यौ ।
तिमीले प्रेम
गरेकी,
चाहाना गरेकी क्रान्ती
जघन्यतवरले
पुनः एकपटक बलात्कृत हुदैँ गरेको द्रृश्य
तिमीले देख्नु
परेन ।
तिमीले देखेका द्रृश्यहरूमा तिम्रा समकालीन दोषी थिए
तर यो पटक
मुटू पोल्ने कुरा यो छ
अहिलेका दोषीहरू
तिम्रा छोरापुस्ता छन् ।
नालायक पुस्ताका
धृणित पात्रहरू
क्रान्ती बेचिरहेका
छन्
र उनी प्रत्येक
निमेष बलात्कृत छिन् ।
तिम्रो मृत्युदेखि
आजसम्म आइपुग्दा
हजारौँ शहिदहरूले क्रान्तीको ज्वालामा
प्राण आहुती
दिइसकेका छन्
तर अझै पनि
परिवर्तन र समतामूलक समाज
शून्य छ ।
सूदूर छ ।
हिजो तिमीले
लेखेका युगपरिवर्तनकारी कविताहरूका रूप पढिन्छन्,
स्वरूप पढिन्छन्
।
तर भ्रष्टाचार
र दुष्टाचारमा चुर्लुम्म डुबेको बाबुपछिको पुस्ता
बुझ्दैनन्
सार ।
बूझ्दैनन्
मर्म ।
भौतिकतावादको
तलाउमा चोबिएर क्षणिक प्राप्तीले स्नान गर्छन्
अरूलाई दोषी
देखाएर आफूलाई ओबानो ठान्छन्,
अनि सबै मिली
उत्सवमहोत्सवको वाहाना बनाई
किनारामा बलात्कृत
चेलीको रमिता हेर्छन् ।
कहिलेसम्म
?
कहिलेसम्म
?
No comments:
Post a Comment