Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

दनुवार गाउँकी नानी

दनुवार गाउँकी नानी
दनुवार गाउँकी नानी
साह्रै नै राम्री
हेरूँ, हेरूँ लाग्यो मलाई पूर्णिमाको साझँमा
                  बैशाँलु योवन,
                  तीर्खालु नयन
                  लुकाई राखूँ लाग्यो उनलाई दुई खल्तीको माझँमा



थिएन पाउजू चुरी सम्पन्न नै थिइन्
गइनन् स्कूल कलेज जान्नेबुझ्ने देखिन्थिन्

आउँदथ्यो लुकाउन शरम उनलाई
सिएकी थिइन् उद्रेको चोली सेतो धागोले
गुलाब थिइन् टाढा फुले पनि
लोभ्याई ल्याउँथ्यो पुतली कामुक नीलो आगोले

दनुवार गाउँकी नानी
साह्रै नै राम्री
हेरूँ, हेरूँ लाग्यो मलाई पूर्णिमाको साझँमा
                 बैशाँलु योवन,
                 तीर्खालु नयन
                 लुकाई राखूँ लाग्यो उनलाई दुई खल्तीको माझँमा


मोहनी मन्त्र थिइन् हे¥यो कि फसिहाल्ने
आँखाको बाटो गरेर कताकता बगिजाने

सरल सुन्दरताको उपमा उनलाई
धुलोमैलो पनि चिटिक्क सुहाउने
छोटो छ आयू कौमार्यको
को छ लौ आज विचरीलाई जोगाउने

दनुवार गाउँकी नानी
साह्रै नै राम्री
हेरूँ, हेरूँ लाग्यो मलाई पूर्णिमाको साझँमा
                 बैशाँलु योवन,
                  तीर्खालु नयन
                  लुकाई राखूँ लाग्यो उनलाई दुई खल्तीको माझँमा

No comments:

Post a Comment