Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

गलत ठहरिन्छु म

गलत ठहरिन्छु म

तिम्रो मौनताको उपस्थितीमा
केके सोचिदिन्छ 
मेरे शैतानी दिमाग ।
कहिँकतै भूल पो भयो कि
वा हुदैँ पो छ कि तत्काल
प्रश्न गर्छ सिसाभित्रको आकृतीसँग
मेरो शैतनी दिमाग ।।

कहाँ आउँछ र जवाफ !
प्रश्न गर्ने शैतान आफैँ
जवाफको खोजीमा चहार्दै हिँड्छ
मगजभित्र
पल्टाउदैँ अतीतको पहिलो पाना
पढ्दै प्रत्येक हरफ ।
तर मौनताको कारण कहाँ एउटै हुन्छ र ?
कहाँ स्पष्ट हुन्छ र ?

बँन्द हुन्छ पुस्तक
अनि धुवाँभित्रको कुनै कुनामा सुरक्षित थन्किन्छ ।
केहि थाहा भएको अनुभव हुन्छ
तिमीभित्रको मौनतालाई चिनेझैँ आभाष हुन्छ
अनि निहुरिन्छु म......

तर जब एक शब्द बोल्छौ तिमी
(बुझ्दिन जादु शब्द हो वा तिम्रो बोली)
गलत ठहरिन्छु म,
गलत ठहरिन्छु म ।।

No comments:

Post a Comment