पास आऊ ।
भोको मेरो आलिङ्गनको मीठो भोजन बन,
चपाईहरूमा त्यतै कतै भुलाऊ आफैँलाई ।
न्यानो भेट्नेछौ ।
म पनि प्रेमी हूँ प्रकृतीको
तर तिमीजस्तो टोलाई चन्द्रमा नियाल्ने रहर बाकीँ छैन
अनि बाकीँ छैन डाँडाकाडाँमा बसेर आशसपनाका कथाहरू बुन्ने रहर ।
उमेरका बादलहरूलाई इच्छाले डो¥याएर पर चौतारीमा बिसाई कुरी बसेथेँ ।
कुरी बसेथेँ एक्लै । अन्धकारमा । जाडोमा । बर्षामा । घाममा ।
तर बाजी हारिसकेको रहेछु । पर्खाइ निरर्थक भइदियो ।
अनि हिडेँ बादलमै आफ्नो बाटो,
डो¥याउनलाई इच्छा थिएन यसपाल
र केले डो¥याएँ भन्न सक्तिन यसै ।
भूत भेटेँ, भगवान भेटेँ, स्वर्ग पुगेँ, नर्कमा बास बसेँ ।
तर आज यसो हेर्छु, सुन्दर ठानिएका तिम्रा नयनहरू रूझिरहेका छन् ।
कठै ।
आऊ,
डुब आऊ
हृदयमा सञ्चित पोखरी छ पीडाहरूको
एक स्नानले रूझेका नयनहरू उघ्रने छन् ।
तिमीलाई आवश्यक छ ।
No comments:
Post a Comment