मर्न मर्न लागेको नेपालमा हिजो
एउटा नेपालप्रेमी नेपालको
झण्डा फेटा ओढेर उसको
नेपाल सुम्सुम्याउन सडकमा ओर्लेको
देखेको थिएँ ।
मर्न मर्न लागेको नेपालमा रातभरी
काखको नेपाल थपथपाउँदै एउटी नवजननी
नेपालको चन्द्रसूर्यलाई दिएको भनेर सापटी
नेपाल दियोमा बराबर तेल थपिरहेकी
देखेको थिएँ ।
मर्न मर्न लागेको नेपालमा अगि
बन्द कोठा लठ्ठ अध्याँरो गरी
घोषणा गरेर कफ्र्यू एउटा कवि
नाङ्गो फुस्रो नाँच्दै गरेको नेपालभरि
देखेको थिएँ ।
No comments:
Post a Comment