Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

गुरूपुर्णिमामा

असारको मास
झरी, हीलो नभनी
केटाकेटी गोडा
उफ्रन्थे बागमा
राता घन्टी फूल चुडँन्
हरीया धूपीका डाँठ लुछ्न ।
कुद्दथे बजार
रगीँचगीँ झिल्लर र बेलुन किन्न
खादा र अबील किन्न
हुन्थ्यो त्यो दिन
ओहो ! गुरूपुर्णिमा ।
को हुन् गुरू थहा हुन्थ्यो
कस्तो हुनुपर्छ गुरू थहा हुन्थेन
अनि औपचारिकता निभाउन मात्र
कोरिन्थ्यो सेतो चकले कालो पाटीमा
गुरूपुर्णिमाको शुभकामना
धेरथोर सिकेको अगँरेजीमा ।
वर्षौँपछि आज
गुरूपुर्णिमाको स्मरण गर्दा
आउँछन् तीनै अबोध सम्झना
घेरिएर सरोबरी
मानस्पटलभित्र
हँसाउदैँ , गिल्ल्याउदैँ ।
"लौ पढ्
यही पढ्
यत्ति पढ्
अरू नपढ्
पढी पास हो
राम्रो अकँमा
अनि जागिर खा
पैसा कमा, घर बना
वस्, त्यत्ती हो जुनी
पहिले रट्
अनि रमा"
यस्तै थिए गुरू
त्यस्तै सिक्यौँ हामीले ।
"कुनै पुस्तकमा शिक्षा
सिमित हुदैैँन
कुन्ठीत हुदैँन बुझाइ
नतिजापत्रभित्र
त्यसैले परिक्षा केन्द्रित नभई
हे मेरा शिष्य हो
भलो व्यवहार, नैतिकता केन्द्रित भओ "
भन्ने एकाध गुरू थिए
र बिर्सिएको हो भए
इमान्दार माफीका साथ
टक्राएँ मैँले पनि
तिनै गुरूहरूलाई
धन्यवाद र शुभकामना !!

No comments:

Post a Comment