Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

अजिव मान्छे

अजिव मान्छे

(क)
म तिम्रो चाहतमा जलिजाने मान्छे
नसोध मलाई कस्तो हुन्छ
जलनको पीडा
बरू सोध कस्तो हुन्छ
चाहनुको अथाह मजा ।

कोपिला गुलाबले रातो रङ्गको
गलत बयान गर्छझैँ लाग्छ
रक्ताम्मे अक्षरले माया लेख्ने
दुनियाको म अजिव मान्छे ।

निर्दोष अधरले बोल्ने शब्द
सबैसबै झुठ हुन् झैँ लाग्छ
नबुझिने भाका व्यवहारले गाउने
दुनियाको म अजिव मान्छे ।

कस्तो हुन्छ अजिव भई बाँच्न
बरू यो तिमी मलाई सोध
अगाँल्न मात्र अर्को जिउँदो लाश
पत्थरहरू तिमी पल्टाएर खोज ।

म तिम्रो मुस्कानमा खुसी हुने मान्छे
नसोध मलाई कस्तो हुन्छ
समर्पणको पीडा
बरू सोध कस्तो हुन्छ
प्राप्तीको अथाह मजा ।

म तिम्रो चाहतमा जलिजाने मान्छे
नसोध मलाई कस्तो हुन्छ
जलनको पीडा
बरू सोध कस्तो हुन्छ
चाहनुको अथाह मजा ।



(ख)
म तिम्रो मुस्कानमा खुसी हुने मान्छे
नसोध मलाई कस्तो हुन्छ
समर्पणको पीडा
बरू सोध कस्तो हुन्छ
प्राप्तीको अथाह मजा ।

गर्व गर्थे धेरै अतीतमा
भुलाई हिँड्नु हारझैँ लाग्छ
हारेर पनि जित्न खोज्ने
दुनियाको म अजिव मान्छे ।

देखाउनेले सपना तोड्दै हिँड्छन्
दैवमाथि अन्याय भो झै लाग्छ
फुटेको ऐनाको टुक्रा सगाँल्ने
दुनियाको म अजीव मान्छे ।

कस्तो हुन्छ अजिव भई बाँच्न
बरू यो तिमी मलाई सोध
अगाँल्न मात्र अर्को जिउँदो लाश
पत्थरहरू तिमी पल्टाएर खोज ।

कल्पनाहरूमा म रमाउने मान्छे
नसोध मलाई कस्तो हुन्छ
यथार्थको पीडा
बरू सोध कस्तो हुन्छ
कल्पनुको अथाह मजा ।

म तिम्रो चाहतमा जलिजाने मान्छे
नसोध मलाई कस्तो हुन्छ
जलनको पीडा
बरू सोध कस्तो हुन्छ
चाहनुको अथाह मजा ।

No comments:

Post a Comment