Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

किन दृष्टि ह्रृदयमा हुदैँन ?

अनिश्चित गन्तव्यहरू
उल्झिसकेकाे यात्राकाे पुछारमा
स्वागतार्थ
रसिक मनाेविज्ञानमा
दन्तलहर देखाई
खिज्याइरहेका छन् ।

गन्तव्य हरेक यात्राकाे अन्त्य हुन्छ
एक नहुन्जेलसम्म सम्भावना अनेक रहन्छ ।

त्यसैले हाेला
गन्त्व्यहरू प्राप्ती ठानिएन
यात्राहरू प्रेम मानियाे

सहयात्री धेरै भेट्टिए
मित्र कमैलाई भनियाे

गुरूत्वाकर्षण विरूद्धकाे घर्षण
पाइतालाकाे
यदी उर्जा नहुदाेँ हाे
त कसरी हिडिँन्थ्याे ?

उत्सुक नजरहरू गाेडाका डेकमा केन्द्रित !
म के भनूँ?

मगजले मेराे नसाेचेकाे बेला
ह्रदयले अह्रयाउछँ जसाे
गाेडा चल्दछ उसाे ।

किन दृष्टि ह्रृदयमा हुदैँन ?

No comments:

Post a Comment