Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

शब्द महीमा

शब्दहरूमा रोएको छु ।
भविष्यमा,
अतीतमा,
यताउता,
पेण्डुलमझैँ गरिरहँदा
आँखाबाट छछल्किएर
त्यसैले कति कविताहरू कोरिए होला ।

अस्पतालको इमेर्जेन्सी वार्डभित्र
लगिदैँ गरेको विरामीको
एकै क्षणको मुस्कान
सापटी लिएर
भावनाहरू श्रृङगारेको छु
र त कथिए होला
कल्पनाहरू
कथाका रूपमा ।

शब्दैहरूमा सधैँ देखेको छु
जगतका वेदनाहरू ।
शव्दैहरूमा सुनेको छु
महानता, सुन्दरताहरू ।

शब्दै बाच्छन्
नाच्छन्, गाउँछन्,
शब्दै हरेक राता
बाझ्छन्, जुध्छन् ,
शब्दै राक्षस, शब्दै देवता भइदिन्छन् ।

निष्ठूरीको नाम पनि,
प्रियतमको मात पनि,
मनभित्रका कुनाकुनामा
शब्दकै आकृतीमा,
यदाकदा कोरिएका हुन्छन् ।

शब्दमै भोगेको छु
वर्तमानले भुतालेर बेजतीको हिलोमा पछारेको बेला
नखुकिनारमा अबेर रातीसम्म बसेर
शब्दैले धोएको छु ।

पढिएलान् भन्ने आशमा
रक्तिम भई शब्दैमा बगेको छु,
छरपष्ट व्यथित पानाहरू
यथावत राखी
थप पानाहरूमा
अझै
रगताम्मे शब्दहरू नै छाद्दैछु





पढिएलान् र ?



साच्चैँ ?



हा ! हा ! हा !

No comments:

Post a Comment