Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

महाकविको सम्झनामा

देख्नलाई जोरनयन काफी छन् त ?

मेरा आँखाले म तिमीलाई देख्छु,
आफैँलाई सक्दिन ।
अगाडीपछाडी, दायाँबायाँ, माथितल सबैतिर सक्छु,
एकैसाथ सक्दिन ।

टुक्राटुक्रा हेरेर म संसारको विवेचना गर्छु ।
स्वयं भ्रमित हुन्छु,
तिमीलाई पनि डो¥याई ल्याउँछु ।

माथि नीलो दलदलमा भास्सिएकी
अर्धगोलाकारको पनि जोरनयन होलान् ?
पक्कै होलान् ।

दृष्टिविहीन थिइन् त किन पुजिन्थिन् ?


मैँले टेकेको माटो
र उनी
एकै उमेरका
तर के
सम्पूर्ण विश्वइतिहास
उनलाई थाहा होला ?
उनले देखेकी होलिन् ?

अवश्य छिन्
नत्र किन पुजिज्थिन् ?



उनी यही समाजमा जन्मिए,
हुर्के र बितिगए ।
महाकवी कहलाइए ।

उनी देखिए, तर हेरिएनन्,
उनी हेरिए, तर देखिएनन्,
बाचुञ्जेल ।

मगजभित्र
र समाजभित्रको
कालो निख््रयाउन
हरसास
असंसाारिक भएर
कोरा कागजहरू रगटिरहे ।

असल, अटल थिए उनी
त्यसैले देखिएनन ।
त्यसैले हेरिएनन ।

जब प्रयत्नहरू भयो
धेरै ढिलो भसक्थ्योे ।

त्यो त उनको महानता थियो
र समाजको—
तिमो, मेरो—
नीचता

मरणोपरान्तका साह्रा सम्मानहरू उनले
ग्रहण गरे ।

आँसू र पसीनालाई मशी बनाएका उनले
छोटो बाटो हिँडन चाहेनन ।
कहिल्यै थाकेनन पनि ।

विना मुस्कान
क्रुर समाजवीच फुलिरहे ।

हाँस्न चाहेनन
मात्र बाँच्न खोजे
अनि बेला आयो—
उनी आर्यघाटमा निदाए ।
उनलाई बिउँझाउने प्रयत्न भयो
खुब रुवावासी चल्यो

तब,
मुर्दा उनको जोरनयन खुब रसायो !

औँलाहरूमा कलम भएको भए सायद
उनको लासले पनि कविता लेख्थ्यो होला
अन्तिम कविता ।

जसले समाजलाई फेरी निथु्रक्कै भिजाउथ्योँ
अनि मृत उनका अधरहरूलाई खुब हसाउथ्योँ
  पेट मिची मिची हँसाउथ्यो ।

No comments:

Post a Comment