तिमीले अब मलाई भेट्न नआए पनि हुनेछ ।
ViBid Rose
I'll give you my breath and take away your soul. Allow Me!
Salman Rushdie
"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."
Salman Rushdie
आँखा उघार्दाको संसार मात्रले पुग्दैन मलाई
आधा प्याला मात्र पिएर तिर्खा नबुझेजस्तो,
आधा गाँस मात्र चपाएर झन भोक जागेजस्तो
आँखा उघार्दाको संसार मात्रले पुग्दैन मलाई
आँखा उघार्दाको संसार मात्रले पुग्दैन मलाई
पहिले कहिल्यै नदेखेका आकृतीहरु हुन् कि,
नसोचेका रङ्गहरू मात्र हुन् कि, मेरो निन्द्रा तर्साउने,
वा मेरो कल्पनाशक्ती सिङ्गै लुसिफरको लगाममा छ
आफ्नै पखेटा दुई विशाल बोझ भएको छ त्यसैले,
सिङ्गै आकाश खुम्चिएर पासो च्याप्दै झर्दैछ, त्यसैले ।
मैले झोसेको आगोको राप टाँसिएको मसँगै हुनेछ,
मैले बगाउनु परेको रगतको हिसाब बनेरै रहनेछ ।
रातका अँध्याराहरूले आँखा च्यात्न आउन पर्दैन
चितामा रोटी सेकेर टुक्रा टुक्रा भाग सबलाई पुग्दैन
मानवलाई मानवता नै हो एउटा सिमाना,
मानवलाई मानव हुनु नै हो अर्को सिमाना ।
त्यसैले मलाई मानव भएर पुगेन,
संसारलाई मानव मात्रले पुग्दैन ।
मैँले सम्झौता गरेर फर्केको हुँ त्यसैले
दानव हुन् कि देवता हुन् ती
हात मिलाएर फर्केको हुँ त्यसैले ।
आधा प्याला मात्र पिएर तिर्खा नबुझेजस्तो,
आधा गाँस मात्र चपाएर झन भोक जागेजस्तो
आँखा उघार्दाको संसार मात्रले पुग्दैन मलाई
आँखा उघार्दाको संसार मात्रले पुग्दैन मलाई
मैले वस्त्र फुकालिसकेको छु।
ब्रह्माण्ड काँधमा बोकी हिँड्छ मानिस,
एक, दुई... ।
अन्तले अनन्त यसरी थामेको हुन्छ,
चाङमाथि चाङ, खापमाथि खाप,
असरल्ल,
एक, दुई... ।
कति पत्र पहिल्याउन सक्छौ तिमी,
तिमी आफै टाँसिएका छौ अनन्तभरी ।
यो माटोभरी, ढुङ्गाभरी,
यो पानीभरी, हावाभरी,
मेरो मनभरी, शरिरभरी ,
कति पत्र पहिल्याउन सक्छौ तिमी ?
तिमी आफै टाँसिएका छौ अनन्तभरी ।
सङ्गीत तिमीले चोरेका थियौ पक्षींहरूको ।
ती पंक्षीहरू अझै उस्तै गाउँछन्,
आउँछन् मेरो झ्यालबाहिर, उफ्रन्छन्, नाच्छन्
यीनकै नृत्य पनि त तिमीले चोरेका थियौ ।
अनाम जङ्गली फूलहरूका सुगन्ध
र फलहरूका स्वाद तिमीले चोरेका थियौ
ती पंक्षीहरू सँगसगैँ बथानमा हौसिएर
चोरेका पनि थियौ शारदीय तेज
र त सम्भव छ तिम्रो सौन्दर्य
र नै त सम्भव छ मेरो प्रेम !
तिम्रो इतिहास मलाई रहस्य,
मलाई अध्ययन, मलाई रूचि
जति पर जान्छौ तिमी, त्यती वर तानिन्छौ वस् !
मैँले आँखा चिम्लिसकेको छु
मैले वस्त्र फुकालिसकेको छु।
मलाई भयङ्कर गर्व छ
दाम्लोको विद्रोहमा बित्छ योवन पाल्तुको ।
असफलताले प्रेम गँठ्याउँछ दाम्लोसगैँ
बुढो हुन हुन लाग्दा ।
लगामको आशाले खुट्टामा लुट्पुटिन्छ भुस्याहा
तिरस्कारले सिकाँउछ आँखा चिम्लेर चाट्न सुस्तरी
स्वतन्त्रताको घाउ ।
पाएर नपाउनु र नपाएरै पाउनु
दुबै एउटै आखीर,
पाएर खुसी मिल्छ या नपाई ?
प्रापक हाँस्छ, सुनाउँछ । अप्रापक लुकाउँछ, मुस्काउँछ मात्र ।
कति अमल बढीघटी मुख च्यातियो
मानक कसरी हुन सक्छ खुसीको ?
र फेरि,
खुसी अत्यावस्यक छ जीवनमा ?
बक्वास!
विद्रोह आवश्यक छ, आशा आवश्यक छ ।
मेरा कठिनाइमा, परिस्थितीको जटिलतामा,
मलाई भयङ्कर गर्व छ ।
भर्खर निदाएको मात्र थिएँ
भर्खर निदाएको मात्र थिएँ
हिजो मध्यरातमा आँधी हुरी चल्यो,
डाङ्डाङ्, डुङ्डुङ्, हार्र, हुर्र !
ढोका नलगाई सुत्ने बानी आफ्नो,
हुरी सरासर भित्रै !
पहिला भान्सा कोठामा पस्यो ।
तीन दिनदेखि नजलेको चुल्हो,
ढुसी उम्रिसकेका उब्रेपाब्रे,
जुठाभाँडा असरल्ल भुइँभरी,
साङ्लालाई मनपरी भतेर,
पानी खान्छु भन्दा समेत चोक्टै चोक्टा ।
रिसले हुन्हुनिँदै हुरी
मेरो अध्ययन कोठामा छिर्यो ।
रहरले भित्ताजत्रै बनाएको
मभन्दा आधा उमेरको मेरो बुक-सेल्फ,
जस्को पनि आधा उमेर खुब सक्रिय बित्यो
र रित्तिन थालेको भर्खरभर्खर थियो,
मिहिन दृष्टिले केलायो ।
निष्प्रभावित मुद्रामा दाह्री कन्याउदै
थ्याच्च मेरो कुर्सीमा बस्यो,
कब्जियतले ग्रसित भएर थला परेको मेरो नोटबुक
टेबलबाट टिप्यो, टक्टकायो र पल्टायो ।
पहिलो पानामै ओठ चेप्र्यायो, कन्चेटी कन्यायो,
तर थप पाना कविताहरू पनि खरर्र पल्टायो ।
देब्रे हातको नाडी बटारिनु नै थियो, अहिल्यै कि एकछिन,
हस्याङ्फस्याङ्, जुरूक्क उठ्यो,
दाहिने हातले नोटबुक भँइमै छोडिदियो,
खुला रहेको झ्यालको खापालाई ढ्याप्प लगाइदियो
र फन्किएर कोठा बाहिर निक्लियो ।
यता म सुत्ने कोठामा पनि आउँछ
र त्यसलाई घोक्रयाएर
त्यो सगँबाट लय लुटी राख्छु
र घर फोर्दै हिँडेको आरोपमा थुनाइदिन्छु
भन्ने योजनाले
त्यसलाई ढ्याप्पा दिन
ढोका पछाडी आग्लो अँठ्याएर
तयार थिएँ ।
मुला हुरी त मेरो कोठामा नछिरी सरासर गइदिरा' !
म लोग्ने मानिस
मध्यरातसँग मेरो निद्रै लुटेर खाऊ तात्तातै
वा मस्त निदाइरहेका मेरा आँखैमा बसेर कोपरकापर गर तिमी
मेरो भन्नु सबै निख्रिसक्यो,
सुन्न केही फिटिक्कै मन छैन ।
मैँले पटकपटक तिमीलाई सङ्केत गरिसकेँ
हिजोसम्म मात्र मेरो बाँच्ने इच्छा थियो ;
केही बेर अगि
पाकेको हलुवावेद ठुङ्दै गरेको बेजोडा जुरेली
गोडा चिप्लिएर आकाशमा पछारिएको थियो
र दृश्य देखेर म हाँसेको थिएँ ।
मेरो हाँसोलाई चोर औँला सोझ्याएर
मलाई झुठ्ठा साबित गर्छौ
र विवादले मेरोनिम्ति दालभात नाथे पनि पस्किदैन भने
विवादै गरेर मर्ने मेरो पनि कुनै भोक जिवित छैन ।
तिमी चाहे मेरो मुटू निचोरेर थोपा थोपा आँसु टकटकाऊ,
वा मेरो ऐनामा अनेक दाग लगाएर दुनिया जग हँसाऊ,
मेरो ऐय्या आत्था केही छैन ।
म लोग्ने मानिस,
त्यसै पापी ।
तिम्रा नजरमा
तिम्रा हरेक समस्या
मेरै कारण ।
तिमीलाई सम्पूर्ण भइसक्न
तिमीलाई सम्पूर्ण भइसक्न
जति चिम्टी प्रकाश वर्षहरू आवश्यक पर्छ
मेरो खल्तीबाट झिकेर टेक खुड्किलाहरु
बेरुजु हिसाबले तिम्रो शिरानी नभिजोस्,
मानिसको छोरीले बिहान ब्यूझिने घाम सँगसँगै दगुर्नुपर्छ ।
हाँसो तिम्रो मीठो मैँले पिइन भन्छौ भने
म आजसम्म मातेर नाचेको छु तिम्रो छातीको फराकिलोमा
गोडा चिप्लियोस् भन्ने कामनामा तिमी मुस्कुराँउदी हौ अझै
विस्मृतीमा बेपत्ता डुबेका ती सुरुसुरुका नाइनास्तीपूर्ण क्षणहरू
फेरी कफीको प्रत्येक चुस्कीमा गुलियो दलेर स्वाद बिगार्न आए भने ?
कति परको गन्तब्य टेकेपछि तिमी ढोग्न आउछौँ तिम्रो पहिलो भाकल ?
कि बिर्सिसक्यौ ? मैँले सम्झाउनु पर्छ भने त म रिसाउँछु,
दाँत झार्छु सपनामा तिम्रो कपाल काट्छु, रगत चाट्छु
तर तिमी सुन्दर छौ, थोपाथोपा प्रेमको पुरापुर लायक,
देवतालाई थाहा छ तिमी फर्कन्नौ, आँखा बाटो हेर्छन् अझै ।
Subscribe to:
Comments (Atom)