मध्यरातसँग मेरो निद्रै लुटेर खाऊ तात्तातै
वा मस्त निदाइरहेका मेरा आँखैमा बसेर कोपरकापर गर तिमी
मेरो भन्नु सबै निख्रिसक्यो,
सुन्न केही फिटिक्कै मन छैन ।
मैँले पटकपटक तिमीलाई सङ्केत गरिसकेँ
हिजोसम्म मात्र मेरो बाँच्ने इच्छा थियो ;
केही बेर अगि
पाकेको हलुवावेद ठुङ्दै गरेको बेजोडा जुरेली
गोडा चिप्लिएर आकाशमा पछारिएको थियो
र दृश्य देखेर म हाँसेको थिएँ ।
मेरो हाँसोलाई चोर औँला सोझ्याएर
मलाई झुठ्ठा साबित गर्छौ
र विवादले मेरोनिम्ति दालभात नाथे पनि पस्किदैन भने
विवादै गरेर मर्ने मेरो पनि कुनै भोक जिवित छैन ।
तिमी चाहे मेरो मुटू निचोरेर थोपा थोपा आँसु टकटकाऊ,
वा मेरो ऐनामा अनेक दाग लगाएर दुनिया जग हँसाऊ,
मेरो ऐय्या आत्था केही छैन ।
म लोग्ने मानिस,
त्यसै पापी ।
तिम्रा नजरमा
तिम्रा हरेक समस्या
मेरै कारण ।
No comments:
Post a Comment