Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

समय— एउटा सस्तो भूल

समय— एउटा सस्तो भूल

समयलाई कस्ले देखेको छ ? यसको समष्टिगत रूप, यसको पुरो दृश्य, कुन जोडी नयनमा कैद छ ? अनि फेरि यो निराकार, अदृश्य, काल्पनिक चिज परिवर्तनशील छ भनी हामी किन भन्छौ ? कुन आधारले भन्छौ । जुन कुरा छदैँ छैन, भए पनि समझभन्दा निकै बाहिर छ, त्यो कुरा कसरी परिवर्तनशील हुन सक्छ ?

समय के हो ? हिजो शुक्रबार थियो, आज शनिबार हो र भोली आइतबार हुनेछ । के यही समय हो ? कि अघि सात बज्दै थियो, अहिले आठ बज्दैछ— यहि समय हो ? पात्रोका पानाहरू र घडीका काँटाहरू नै समय हुन त ? अथवा “समय” नामक कल्पनालाई विभाजित गरी प्रत्येकलाई भरमग्दूर पहिचान दिन गरिएको सरल आविष्कारहरू हुन यिनीहरू ? सेकेन्ड, मिनेट, घन्टा— यिनीहरू मिलिग्राम, ग्राम, किलोग्रामसँग उस्तैउस्तै सुनिदैन र ? त्यसो भए दिन–हप्ता–महिना–वर्ष र छटाक–पाउ–किलो–धार्नी समान उद्देश्यका लागि होइन र ? घन्टा, दिन, वर्ष समय नभएर के हुन त ?

एक धन्टाको—६० मिनेट वा ३,६०० सेकेन्डको— अवधी मानिसको समझमा हुन्छ, तर समय र यस्को सम्पूर्ण रूप मानिसको समझभित्र आउन असम्भव छ । समय परिवर्तन हुने हो कि हाम्रो उमेर बढ्दै जाने हो ? जसरी हामी बालकबाट, युवावस्था हुदैँ वृद्घ भई माटोमा मिलिजान्छौ, अरू सम्पूर्ण जीवहरूको पनि त्यस्तै होइन र ? आफू बढ्दै जाने, फेरिदैँ जाने, अनि दोष दिनलाई “समय” चिजको कल्पना गर्नु कत्तिको उचित हुन्छ ? 
एउटा बिरूवा उम्रिन्छ, बढ्छ, फुलाउँछ, फलाउँछ र अन्त्यमा मरेर जान्छ । उसले आफ्ने वंशज छोडेर गएको हुन्छ । उसको प्रजातीले सयौँहजारौँ वर्षसम्म निरन्तरता पाँउछ । सबैको निश्चित आयू हुन्छ, जीवनचक्र हुन्छ, र यसैअनुसार सबै नौलो भई आउँछन्, पुरानो भएर बिलाउँछन् । यो नियम निर्जिवहरूमा पनि उत्तिकै लागु हून्छ । समय बुढो हुने होइन । जे नयाँ छ, त्यो पनि समय होइन । समय त त्यो हो, जुन थियो, छ र हुनेछ । विल्कुल शून्यता हो समय । शान्त, स्थीर, अचल, अटल ! जस्तै अकल्पनीय विशाल ब्रह्माण्ड ।

धर्मले समयलाई त्यती महत्तव दिएको पाइन्न जति विज्ञानले दिएको छ ।
श्री कृष्णले, बुद्घले, क्राइस्टले अथवा अन्य काही धार्मिक व्यक्तित्वले समयको बारेमा त्यती बोलेका छैनन्, जति आइन्सटाइन र अन्य फिजिसिस्टस्हरूले प्रयत्न गरेका छन् । बरू धर्मले समयलाई उल्टो ढाकछोप गरेको पाइन्छ । समयलाई चिन्न विज्ञानले धेरै मिहिनेत गरिसकेको छ, गरिरहेको छ । समयका बारेमा थुप्रै कपोकल्पित वैज्ञानिक सिद्घान्तहरू छन् । अझै ऊ असन्तुष्ट नै छ । तर धर्मले भने समयको बारेमा आँखा चिम्लिएर नै सन्तुष्टी खोज्नु भनि भन्दछ ।

विज्ञानले समयको सुरुवात “बिग ब्याङ्ग” देखि भयो भन्छ । विस्तारै ग्रहउपग्रह उपस्थितीमा आए, अनि जीवन भयो भन्छ । वैज्ञानिकहरू समयलाई ब्रह्माण्डमा अत्ति अत्तिद्रूत गतीमा एकतर्फी कुदिरहने प्रकाश हो भनी भन्दछन् । कति वैज्ञानिकहरू खुला ब्र्रह्माण्डको परिकल्पना गर्छन्, जस्को अर्थ प्रकाश अनन्तसम्म कुदिरहन्छ, र समयको कुनै अन्त्य छैन । तर कयौँ वैज्ञानिक खुला ब्रह्माण्डसगँ सहमत हुन सक्दैनन् । उनीहरू यस्तो ब्रह्माण्डको परिकल्पना गर्छन् जस्को आफ्नै सीमीत परिधी हुन्छ । र समय, अर्थात प्रकाश, एक बिन्दुमा पुगेर रोकिन्छ ।

समय के हो, आफैँमा एउटा कठीन विषय हो । चुरोट सल्किएर खरानी हुन्छ, तर खरानी उठेर पुनः चुरोट बन्न किन असम्भव छ ? मेरो कलमले कागजमाथि मशी रगेट्न सक्छ, तर कागजको मशी पुन कलमभित्र छिर्न असम्भव छ । यस्तो एकोहोरो— खोलाजस्तै निरन्तर, एकोहोरो— के कारणले गर्दा हुन्छ ? 

समय फर्कन्छ, फर्कदैन यसमा कमैले सोचेका होलान् । तर भूत वा भविष्यमा भ्रमण गर्न सकिन्छ–सकिदँैन, यो भने वैज्ञानिकहरूले निकै खोजी गरेको विषय हो । प्रकाश भन्दा तीव्र गतिमा कुद्न सके “टाइम ट्राभल” सम्भव छ भनेर आइन्सटाइन विश्वास राख्छन् ।

तर समय त शून्यता हो । हामीलै बुझ्ने साधारण समय भनेको मात्र एउटा अवधि हुन्, जस्तै— एक घन्टा अर्थात एक घन्टाको अवधि, एक दशक अर्थात दश वर्षको समय । समय के हो ? प्रश्न गलत त छैन ! त्यसो भए समय कति हो त ? एक घन्टा कि एक दशक ? एक शताब्दी हुन सक्दैन ? हो, हामीले बुझने साधारण समय समय होइन । समय त विल्कुल शून्यता हो । हामीले  त त्यही शून्यताको परिकल्पित मसिना टुक्राहरुलाई समय भनेर बुझ्दछौ । दिन रात पनि कहाँ समय हो र ? उज्यालो र अँध्यारोलाई क्रमशः दिन र रात भनी पहिचान दिइएको न हो  । अनि एक सेट दिन र रातलाई १ गते, अर्कौलाई २ गते भनेर गन्दै जान्छौ । सात दिन भएपछि एक हप्ता भन्छौ  । ३० दिनको १ महिना । १२ महिनाको एक वर्ष । तर एक वर्षमा ३६५ दिन( चार वर्षमा एकचोटी ३६६) हुनु अलिक अस्वभाविक लाग्न सक्छ । किनकी १ महिनामा ३० दिनको दरले हिसाब गर्दा एक वर्षमा ३६० दिन हुनु पर्ने हो ।

समय अचल छ । वास्तवमा समय एकदम शून्य छ । ब्रह्माण्डमा बहने प्रकाश समय होइन कि सिङ्गो ब्रह्माण्ड नै समय हो, जुन  स्थीर छ । ब्रह्माण्डमा रहेका पिण्डहरू गुरूत्वाकषणको कारण एकापसमा घुमिरहन्छन् । चन्द्रमाले पृथ्वीलाई घुम्छ, पृथ्वीले सूर्यलाई घुम्छ, सूर्यले अर्को तारा, अर्कोलो अर्को, अर्को, अर्को...... । यसरी ब्रह्माण्डमा सन्तुलन सम्भव भएको हो । एक दिन लगाएर पृथ्वी आफैले आफ्नो एक फन्को मार्छ । निश्चित विन्दुबाट सूरू गरी सूर्यको एक परिक्रमा भ्याएर सोही विन्दुमा फर्कन पृथ्वीलाई ३६५ दिन र चानचुन घन्टा (लगभग ६ घन्टा) लाग्छ । चानचुन घन्टाकै कारण प्रत्येक चार वर्षमा ३६६ दिन लाग्छ भनेर बिर्सनु भने हुदैँन । सोही परिक्रमालाई एक वर्ष भनिन्छ । अनि प्रत्येक अर्को परिक्रमासगँै वर्षहरू बढ्दै जान्छ । समय बढदै जाने रहेछ र ? तर समयको गलत व्याख्या भयो अनि मानिसद्वारा घडी र पात्रोको व्यापक व्यापारिकरण भयो ।

हातमा घडी छ, भित्तामा रङ्गीन पात्रो झुन्डिरहेछ, तर समय छैन । वास्तवमा सत्य यही हो कि समय मात्र एउटा अब्बल कल्पना हो । एउटा रहस्य जुन सुल्झाउन जतिसुकै लामो दाह्री भएको मनिस पनि असमर्र्थ हुन्छ । तर फेरि यही समयलाई जस्ताको त्यस्तै स्वीकार गरिएको छ, गलत बुझिएको छ । मात्र एउटा कल्पनालाई परिवर्तनशील ठान्नु गल्ती हा— सस्तो गल्ती, जुन याद नै हुदैन र जसलाई सच्याइने कोसिस नै हुँदैन । यति सस्तो कि सबलाई यसको आदत नै बसिसक्यो, यति सस्तो गल्ती कि मगज र समाजलाई सजिलै पच्छ । जीवन परिवर्तनशील छ, धर्ती र प्रकृती परिवर्तनशील छिन् । आफू परिवर्तनशील हुदाँ स्थीर वस्तुलाई पनि परिवर्तनशील देख्नु स्वभाविक हो । तर के बुझिनुपर्छ भने समय कुनै वस्तु होइन । समय त मात्र एउटा कल्पना हा,े र एउटा कल्पना जुन आफँँैमा अल्झिएको छ, हो त्यो कल्पना परवर्तनशील छ भन्नु एउटा माफीयोग्य, सरल भूल हो । हामी याद गरौँ यो सस्तो भूल हामी अर्को पाली कहिले दोहो¥याउँछौ ।

No comments:

Post a Comment