Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

sambad

 संवाद
ड्राइभर धनगडीबाट माल लिएर आउदैँ छ भन्ने खबर पाएर सबेरैदेखि म उसलाई उसले सधैँजसो खाना खाने होटलमा कुरिबसेको थिएँ, उसले गाडी रोक्ला वा नरोक्ला भन्ने दुविधा मनमा लिएर नै । विहानको नौ बज्दै थियो । मैँले परबाट आएको ट्रक चिने । त्यो उसैको थियो ।

त्यसदिन पनि उसले उही होटल अगाडी गाडी रोक्यो । होटलमा साहुनी मात्र थिइन् । झन्झट मानेझैँ गरी उनले खाना पस्किदिइन् । केही नबोली पस्किएको भात कप्पाकप टिपेर ड्राइभरले पैसा ति¥यो र सरासर आफ्नो बाटो लाग्यो । मैले उसलाई रोकेँ र भनेँ, “काठमाडौँसम्म जानुहुन्छ ड्राइभर साब ?”

”ओहो हजूर !” धेरैपछिको भेटलाई उसले आश्चर्य जनायो । भर्खर पच्चीस वर्षको भयो होला ऊ । तर गाडी लाइनमा धेरै भिजिसकेको थियो । पूर्वपश्चिम राजमार्गमा गाडी चलाउन थालेकै पाँचसात वर्ष भइसकेको थियो ।
“मलाई पनि जानुछ काठमाडौँ, पु¥याइदिन्छौ ?”, मैले सोधेँ । मेरो सोधाइ रित्तो औपचारिकता मात्र थियो । यसअघि पनि पटकपटक उसैसगँ काठमाडौँसम्मको यात्रा तय गरिसकेको थिएँ । संयोगले दुईपटक त काठमाडौँबाट नवलपरासी उसैसगँ फर्केको छु । ऊ राम्रो गाडी चलाउँछ, त्यसैले उसगँ सुरक्षित पनि लाग्छ ।

“सोध्नै पर्दैन नि हजूर, बस्नुस् न । तपाईँसगँ यात्रा गर्दा बहूत बात मारिन्छ । दिल साह्रै हलुका हुन्छ । बरू खै ल्याउनुस् झोला, म बोकिदिन्छु ।”

मसगँ तीनवटा झोलाहरू थिए । तीमध्ये हलुकाचाहिँ मलाई छोडिदिएर दुईवटा ड्राइभरले बोकेर अघिअघि लाग्यो । म उसको पछि पछि लागेँ ।

उसको आफ्नो ट्रक थिएन, साहूको थियो । तैपनि ऊ ट्रकको ज्यादै जतन गर्दथ्यो । हेर्दैमा ट्रक साह्रै सफा, चिटिक्क थियो । पछाडीपट्टि काठमाडौँ झार्नुपर्ने माल लोड गरिराखेको थियो । ड्राइभर उक्लने ढोकापट्टि “प्रभू शरणम” लेखिएको थियो । उसले ढोका उघा¥यो र भित्र पस्यो । म अर्को पट्टिबाट भित्र पसेँ ।

“हैन ड्राइभर साब, एक्लै हिँड्छौ कि के हो अझै । खलाँसी राख्छु भन्थ्यौ, राखेका छैनौ ? एक्लै हाइवेमा हिँड्ने आदत राम्रो होइन है ।” भित्र बस्ने ठाउँ बनाउदैँ भनेँ ।

“राखेको थिएँ हजूर, डेढ महिनाभन्दा गरेन । आजभोलिका खलाँसीहरू के भन्ने, रित्तो ढ्वाङ्कोजस्तो बोली मात्र, चार पैसाको व्यवहार हुदैँन ।” उसले यत्ति भन्यो र गाडी स्टार्ट ग¥यो । “अब सिधै नारायणगढ रोक्छु गाडी, कुनै गुन्जायिस ?”

“छैन । तर जसरी भए पनि एउडा खलाँसी खोज । माया गर, काम सिकाऊ । तिमीलाई पनि कसैले काम नसिकाइदिएको भए आज यो हैसियतमा पुग्थ्यौ ?” मैँले भनेँ ।

“हो हजूर, तपाईँ ठीक बात गर्नु हुन्छ । तर मेरो खलाँसीलाई माया बढी भएको थियो । तर जे होस्, अर्को पाली नयाँ केटा राखूँला ।”, उसले भन्यो ।

गाडीले राजमार्गमा गती लियो । ड्राइभरले एक्सलरेटर दबाएर त्यसलाई तीव्रता दियो । वरपरका रूखहरू, भवन, प्रतिक्षालयहरू चलायमान देखिन थाले ।

अलिक पर रोड पर्मिट लिनुपर्ने थियो । ड्राइभर ओर्लिएर पैसा तिरेर आयो ।
“खलाँसी भएको भए यति त गथ्र्यो”, मैले भनेँ ।

“छैन हजूर के गर्ने, आफैँ गर्नुप¥यो ।” उसले गाडीलाई पुनः गती दियो, र सोध्यो, “त भन्नुहोस्, किन जादैँ हुनुहुन्छ काठमाडौँ ।”

“मेरो सरूवा भयो उतै । बस्न पनि निकै वर्ष पो बसेँ । पच्चीसमा आएको थिएँ, बत्तीस भएँ ।”

“त्यती धेरै गर्नुभयो है नवलपरासीमा जागिर ?”

“हो नि गरेँ । आफ्नै ठाउँजस्तो भर्खर लाग्न थाल्दैथ्यो, फेरि हुत्तिनुप¥यो, ” मैँले भने ।

“तपाईँको त घरै उता काठमाडौँ होइन र ?” उसले सोध्यो ।

“हुनलाई हो क्यार, तर उता मेरो मन खुसी नै भएन । केले केले थिच्छ मलाई  त्यहाँ ।”

“खै केले हो । सबैलाई थिच्ने त आकाश हो । त्यही आकाशको रहर गरी मर्ने कति हुन्छन्, तपाईँ त्यसो भन्नुहुन्छ ।”

“रहर गर्नु र भोग्नुको फरक व्यथा हुन्छ ड्राइभर साब । मैँले रहर गरिन, भोगेँ ।”

“के भोग्नु भयो र त्यस्तो ?” उस्ले सोध्यो ।

“एकै शब्दमा भनौँ भने अपहेलना—धनी शहरमा गरीबले भोग्ने अपहेलना, स्वर्गमा कुरूपले भोग्ने अपहेलना, अग्लाबलीयावीच होचाकमजोरले भोग्ने अपहेलना, नर्तकीहरूका वीच नजान्नेले भोग्ने अपहेलना ।” मैँले आफ्नो हृदयसित इमान्दार भएर उत्तर दिएँ ।

“त्यसो त संसार यस्तै छ, कमजोरलाई सहानुभूती, सम्मान, सहयोग र सहजता कहाँ मिल्छ । तर हिम्मत मार्नु हुन्न । सङ्घर्ष गरिरहनुपर्छ ।” उसले भन्यो ।

“ठीक भन्यौ । सङ्घर्ष गर्नुपर्छ । तर मनै मरेपछि कसो गर्ने हो ?”

“फेरि प्राण भर्ने ।”

“मूला ड्राइभर, तिम्रो ट्रकको टायर हो र मन भनेको, फेरि हावा फुकेर जिउँदो बनाउन सकिने ?” म कड्किएँ ।

“त्यसो त होइन । मनलाई मर्न नदिने भन्ने मात्र मेरो आशय थियो”, उसले स्पष्टिकरण दियो ।

“लौ भैगयो यो कुरा छोड । बरू गीत बजाऊ, छैन पुराना नेपाली गीतहरू ?”

“छ नि हजुर”, उसले भन्यो । भक्तराज आचार्यको हजार सपना बजायो । गीतको तालमा हामी दुबैजना गाउन थालेछौँ “हजार सपनाहरूको माया लागेर आउँछ ।”
——————

“ड्राइभर साब एउटा कुरा सोधौँ ?” विहानदेखिको एउटा खुल्दुली राखिहाल्न मन लाग्यो ।

“अँ भन्नुहोस् न !”

“तिमीलाई अझ त्यो होटलमा गाडी रोक्न अप्ठ्यारो लाग्दैन ?”

“लाग्छ नि । नरोकूँ कि नरोकूँ कि जस्तो त लाग्छ नि हजूर । तर ब्रेक आफ्सेआफ लाग्छ । यो होटल त्यही हो जहाँ कल्पनाले मलाई खाना पस्किदिन कुरेर बसेकी हुन्थिन् । ऊ बित्नुभन्दा अघिल्लो दिनसम्म उसमा मेरो सपना जिवित थियो । आज ऊ छैन, मेरो सपनाको लास त्यही होटलमा छ । त्यसैले त्यस चिहानमा बसेर केहीबेर आफ्नो भूतसगँ वार्तालाप गर्नका निमित्त त्यस होटलमा जान्छु हजूर ।” उसले गह्रौ गरेर मसिनो श्वरमा भन्यो ।

“त्यति धेरे माया गथ्र्यौ है कल्पनालाई ?” मैलेँ फेरि सोधेँ ।

“गर्थे नि हजूर । म एक्लो मानिस, बाआमा को हुन्, कस्ता थिए, कहाँ छन् केही पत्तो छैन । चेतना खुल्दा ट्रकको चक्कामुनि थिएँ । यो जिन्दगीसगँ त्यती छोटो समयमा त्यसरी नजिकिइन्, मलाई त प्रेम गर्न करै लाग्यो । उत्ताउला, पापी नियतले कुनै छोरी मानिससगँ व्यवहार गरेको छैन, कल्पना प्रतिको मेरो प्रेम सच्चा थियो र उनी छैन, धेरै पीर पर्छ मनमा ।”

म उसले भनेको कुराहरू सुन्दै थिएँ । पृष्ठभूमीमा गाना गुञ्जिरहेको थियो, तर ती गानाभन्दा उसका गफ जिवन्त थिए ।

“मसगँ भागिआउँला भन्थिन् । काठामाडौँमा डेरा लिई बस्ने, उतै बालबच्चा हुर्काउने, घरघडेरी जोड्ने उनका सपना हुन्थेँ । उनका सपनाका म अभिन्न पाटो थिएँ, त्यसैले मलाई बहुतै खुसी र भाग्यशाली बनाउँथ्यो ।” अर्को घुम्ती मोडीनभ्याउञ्जेल उसले केही बोलेन । म चुप लागिराखेँ ।

“उनको सपना उनको आँखामा मात्र सिमीत रहेन, मेरोमा पनि सरिदियो । म पनि डुब्न थालेँ उनका सपनामा । आफ्ना असल सन्तानहरूको बुझक्की आमा बनाउन चहान्थेँ । सुखदुख जिवनमा सगैैँ हिँडाउन चहान्थेँ ।
बोल्दाबोल्दै ऊ रोकियो । मैले उसका आँखा नियालेँ । रसाएका थिए । विचारा पीडित आत्मा ! ट्रकमा गीत बजिराखेकै थियो । ‘यो मुटूलाई कसरी सम्झाई बुझाऊँ ।’

म खै के सोच्दै थिएँ, उसले बे्रक लगाएर गाडी रोक्दा झ्स्याङ्ग बिउझिएँ । कसैले अलिपरसम्म पु¥याइदिन आग्रह गर्दैरहेछ । ड्राइभरले मसगँ सोध्यो, “तपाईँ के भन्नुहुन्छ, चढाइदिऊँ ?”

“अरे यार ड्राइभर साब, तिम्रो वसमा छ स्टेरिङ्ग र ब्रेक, मलाई किन सोध्छौ”, मैँले भनेँ ।

“म मात्र थिएँ त किन सोध्थेँ हौ तपाईँलाई, अघि चढाइसक्थेँ । नचिनेको मान्छेलाई जङ्गलवीचमा चढाउँदा तपाईँलाई कस्तो लाग्ने हो, म के जानूँ ? डराउनु हुन्छ कि वा अफिसमा काम गर्ने हाकिम तपाईँ अफ्ट्यारो हुन्छ कि ?”

“किन त्यस्तो भनिराख्छौ हो ड्रइभर साब, डराउनेघिनाउने भए प्लेनबाट उडीजान्थेँ । अन्तिम यात्रो मेरो तिमीसगँै तय गर्छु भनेर त्यती सबेरैदेखि तिम्रो गाडी कुरी बस्थँे र ?” मैँले भनेँ ।

“चढ्नुस् भित्र”, ड्राइभरले झ्यालबाट मुन्टो निकालेर भन्यो र ढोका खोलिदियो । सर्टपाएन्टमा ढाकाटोपी लगाएको एउटा अधबैँसे मानिस भित्र पसे । अझ चार जना मजाले अटाउने ठाउँ खाली थियो ट्रकमा ।

“धन्यवाद गुरmजी तपाईँलाई” भन्दै पर कुनामा बसी उहाँले टोपीले अनुहार हम्कन थाले ।

“कहाँसम्म पुग्नुहुन्छ काका”, ड्राइभरले सोध्यो ।

“म नारायणघाटसम्म गुरmजी ।” ती अधबैँसेले भने ।

“अनि कहाँ आउनुभकोथ्यो ?”

“म त्यहाँ एकजना आफन्तकोमा तेह्रदिने कार्यक्रमको लागि आएको थिएँ बाबु ।”

“हो र, कठै ! कहाँ को बित्नुभयो र ।” चिनेकै मानिसलाई जस्तै ड्राइभर प्रश्न गर्दैथ्यो । ती अधबैँसे पनि ड्राइभरले बनाइदिएको सहज वातावरणमा खुलेर कुरा गर्दै गए । पछाडी सगींत बजिरहेको थियो । मेरो ध्यान दुबैतिर बराबर थियो ।

“अस्ति चोरमाराको जङ्गलमा कारले मोटरसाइकललाई ठक्कर दिएको दुर्घटना थाहा छ गुरmजीलाई ?”
“दुईजना मरेको वाला?”

“हजूर । चालकचाहीँ मेरो भान्जा थिए । भर्खरका जवान पच्चीस वर्षका थिए । कति सज्जन, कति उदार दिलका थिए । तीन महिना मात्र अगाडी बिहे गरेका थिए, श्रीमती चौबीस वर्षकी क्याम्पस जादैँ छिन् ।”

“हो र, राम राम ! के छ र जिन्दगी ।” ड्राइभर चुकचुकायो ।

“साथीको आमालाई नारायणघाट अस्पतालमा राखेको रैछ । साथीलाई पैसाले आपतै प¥यो भनेर घरछिमेकमा खोजखाज गरेर तीस हजारजति रकम पु¥याइदिन भनेर राती अबेर मोटरसाइकलमा निक्लेका थिए विचारा, भावीको लेखोट त्यती मात्रै रहेछ, को जानोस् ।”

“अनि अर्को व्यक्ती चाहिँ ?” ड्राइभरले जिज्ञासा राख्यो ।

“नारायणघाट जाने हो भनेर बाटामा चढेका रहेछन् । उतैको थारm, कम्पनीमा सेक्युरिटी गार्डको काम गर्ने रैछन्, के को जागिरमा पुग्थेँ । तीन सन्तानसहितको जहानलाई बिधवा बनाइ गयो ऊ पनि ।”
“यो मानिसको जिन्दगी के हो र कठै ! अहिले छ, एकैछिनमा नहुन पनि सक्छ ।” ड्राइभरले भन्यो ।

“विचरा मर्ने त मरिजान्छन्, बाँच्नेलाई पिरलो । समाज यही हो, बुढीलाई बोक्सी, बिधवालाई रन्डी, टुहुरालाई चोर । लिला प्रभूको अपरम्पार । के लाग्छ ।” ती अधबैँसेले भने ।

“हो हजूर, यत्ति न छ जिन्दगी । आज म¥यो, भोलि सम्झना, पर्सि बिर्सना । लास छउन्जेल मुर्दा, त्यसपछि प्रेत । बुझिनसक्नुछ लिला प्रभूको, त्यसैले सबकुछ प्रभू शरणम”, ड्राइभरले थप्यो ।

ड्राइभर र अधबैँसेका कुरा म चाख दिएर सुनिरहेथेँ । संयोगले गीत पनि त्यस्तै मार्मिक नै बजिरहेको थियो— “कुन मन्दिरमा जान्छौ यात्री !”
———
नारयणगढ आएपछि ड्राइभरले गाडी रोक्यो । अघिको अधबैँसे उतैबाट बाटो लागे । सानो एउटा काम सकाइआउँछु भनेर ड्राइभर लाग्यो । म त्यतै चिया पिउँदै बसेँ । मनमा एउटा पुरानो उत्सुकता पुनहः जागेर आइदियो । यो बजार नारायणघाट हो कि नारायणगढ ?

आधा घन्टाजतिमा ड्राइभर फर्कियो । हाम्रो यात्रा फेरि सुरm भयो ।

“ड्राइभर साब, एउटा कुरा— यो बजार बजार नारायणघाट हो कि नारायणगढ ?” मैँले आफ्नो उत्सुकता ड्राइभरसमक्ष बिसाएँ ।

“अरे हजूर, तपाईँ पढेलेखेको मानिस, मलाई के सोध्नुहुन्छ । म त ड्राइभर, नारायणघाट भने नि नारायणगढ भने नि यही बजार हो वस् ।”

हुन पनि हो हो, के अव्यवहारिक कुरामा टाउको दुखाउने । तर पनि अर्थको कुरा— एउटा नारायणगढ मतलब नारायण भक्तालुहरूको गढ । नारायणघाट मतलब नारायण भतmालुहरmको निमित्त घाट । जरmर अन्तर छ ।
“तपाईँ टोलाउन थाल्नुभो नि, के भो ?”

ड्राइभरको प्रश्नले म झस्याङ्ग भएँ । “केही छैन यार ड्राइभर, बरू अब गीत बजाऊ”, मैँले भनेँ । “तपाईँ पनि साह्रै गीत सुन्ने मान्छे हो यार” भन्दै ड्राइभरले गीत बजायो । यत्तिञ्जेलसम्म म कस्तो गीत सुन्न मन पराउँछु भनेर उसले भेउ पाइसकेको थियो । बज्दै गरेको गीत गुनगुनाउदैँ वरपरका झाडीझुपडीतिर नजर लगाउन थालेँ । गडी अघिअघि हुत्तिदैँ थियो ।

“साच्चै ड्राइभर साब, तिमी ट्रक किन्छु भन्थ्यौ, ऋण मिलाइदिनु भन्थ्यौ । मलाई उतै भेट है, म उतैबाट गरिदिन्छु”, मैँले भनेँ ।

“अब नकिन्ने हजूर । कल्पना मरिगइन्, म एक्लो भएँ । ट्रक किन्ने, काठमाडौँमा डेरा लिई बस्ने, पछि उतै घरघडेरी जोड्ने सपना उसको थियो । उसैले जतन गरिदिएर केही लाख रूपैँया बचेको थियो, त्यसैमा थपथाप ऋण खोजेर आटौँ भनेको थिएँ । तर अब पर्दैन ।” गह्रुङ्गो गरेर उसले भन्यो ।

“धत लाटा, त्यसतो भन्नु हुन्न । अघि तिमी आफैँले भनेको होइन तेस्रो दिनमा बिर्सना । हो, अब बिर्सनुपर्छ तिमीले कल्पनालाई । उनी नभए पनि उनले तिमीलाई सपना छोडिगएकी छिन् । हो कि होइन ?”
“त्यो त हो हजूर”, उसले जवाफ दियो ।

“हो, तिमीले प्रगती गर्नुपर्छ । असल, सहयोगी, कर्मठ, इमान्दार तिमीजस्तो मानिस धेरै उन्नतीप्रगतीका हकदार हुन्छन् । तिमीले हतोत्साहीत भएर होइन, उत्साहित भएर बाँच्नुपर्छ ।” मैँले भने ।

“भन्न त तपाईँ ठीक भन्नु हुन्छ । तर मैँले यसो सोचेँ— मैँले कमाएर, धनी बनेर के हुन्छ । न कल्पनासगँ देखेको सपना पुरा हुन्छ, न म कहिल्यै खुसी हुन्छु । न त संसासबाटै गरिबी हटेर जान्छ ।”
“यही त तिम्रो हतोत्साहित मानसिकता हो ।”

“तपाई जेसुकै भन्नुहोस् । अघि म नारायणगढमा किन ओर्लिएँ जान्न खाज्नु हुन्छ ?” उसले सोध्यो ।
“भन न ।”

“त्यहाँ एउटा परिवार छ—दम्पत्ती र तीन सन्तानको । ठूलो छोरा क्याम्पस पढ्छ । माहिलो अन्धा छ, कान्छी छोरी पाँचमा पढ्छिन् । जसोतसो तीन कोठाको घरमा जिविका चलाउँछन् उनीहरू । बुढा पहिला ट्रक नै चलाउथेँ । मलाई पनि पहिला सगैँ धेरै वर्ष हिँडाए । दुर्घटना परेर बुढा अहिले विछ्यौनाको विछ्यौना हो । एक वर्ष भइसकेछ । मैले त एक हप्ताअघि मात्र थाहा पाएँ । बेलैमा उपचार गर्न सकेको भए बुढा अहिले हिँड्न थालिसक्ने अरे, पैसाको अभावमा रोकिएछन् । त्यही मसगँ भएको केही रूपैँया उनीहरूलाई दिएँ ।” एकै सासमा भन्यो उसले ।

म ट्वाल्ल भएँ । “सबै पैसा दियौ कि के ?”

“नाइँ, चार लाख मात्र दिएँ । उपचार हुन्छ, बुढा हिँड्न सक्छन भने धन्य हुन्छ ।” उसले भन्यो ।

म अवाक भएँ ।“मान्छे भने ड्राइभर, आफ्नै भर छैन भोलि के हुन्छ, माहाराजाले झैँ सहयोग गर्दै हिड्छौ ।”
“महाराजा वा धनीले सहयोग गर्ने हैन कि हजूर, दिल हुनेले गर्ने हो र”, उसले भन्यो ।

ऊ कति ठीक भन्थ्यो । तर ठीक स्वीकार्न मलाई गाह्रो लाग्थ्यो । मैँले कुरा फेरेँ, “तिमीले कल्पनासगँ कति समय सङ्गत ग¥यौ ?”

“साढेँ दुई वर्ष !”

“मनेँ बेलामा केही त भनिन् होला नि उसले”, मैले सोधेँ ।

“फोन गरेकी थिइन् । घरमा रडाँको भयो फेरि, मसगँ नहिँड भनेर बाआमाले जगल्टाए रे मान्छेहरूकै अगाडि । छिटो भगाऊ भनेर भन्दै थिइन् मलाई ।”

“म बाँच्दिन । मर्छु । त्यस्तो कुरा केही गर्थिन्न् ?”

“गर्थिनन् हजूर । झन आश लाग्दा, हौशलापूर्ण कुरा गर्थिन् । यसो गरौँ, उसो गरौँ भनेर योजना बुन्दैथिइन् ।
त्यही रात उनले विष पिइन् भनको सुन्दा मलाई विश्वास नै हुदैँन ।” उसले भन्यो ।

“तर खै, आत्महत्या नै हो भन्ने भयो आखीर ।” मैँले भनेँ ।

“जेसुकै होस्, अब मर्ने मरिहाल्यो, बाँच्ने जेल गएर ब्युँतिने हैन ।”

“त्यो त हो । रिसरागबाट माथि उठ्नु नै मानवता हो ।”

“तपाईँलाई थाहा छ कल्पनाको पन्ध्र वर्षमा पहिलो बिहे भएको थियो ।” उसले भन्यो ।
मलाई यो कुरा थाहा थिएन ।

“सौतामाथि हालिदिएका रे बाआमाले धनी घर भनेर । छ महिनामै बिधवा भइछन् । सौताले बसिखप्न नदिएपछि माइतीमा नै आएर बसिन् रे । माइतबाटै अर्को केटासगँ भागेर गइछन् फेरि । यसपटक रोजाइ त उनको आफ्नो थियो तर नियती दोहोरियो । एक वर्ष पनि नपुग्दै दोश्रो लोग्ने विदेशबाट काठको बाकसमा फर्कियो । कहीँ कतै जाने ठाउँ नभएपछि उनी फेरि माइतीकै शरण परिछन् । उनले गर्दा बेइजत भयो भनेर उनको माइती अनि बल्ल यता कावासोतीमा बसाइ सरेका रहेछन् ।”

कल्पनाको दुईदुईवटा श्रीमान्, दुवैको मृत्यु भएको भन्ने थाहा पाएर पनि तिमी उसलाई यति धेरै प्रेम गरिरहन्छौ ?” मुख दोब्य्राएर मैले भनेँ ।

“झन गर्छु”, उसले भावावेगमा आएर भन्यो, “पहिलो विवाह उनको निर्णय थिएन, उनी अबोध थिइन् । दोश्रो उनको निर्णय थियो । उनी आफ्नो सुखसुहाग आफैँ खोजेर हिँडिन् । तर मृत्युले उनको सबकुछ लुछ्यो । केही लाग्छ र मृत्युको अघि ? जाने ठाउँ कतै भएन, फेरि माइती नै फर्किन ।” हातको बाहुलाले रmझेका आँखा सोह्रेर उसले फेरि भन्यो,“उनले आत्महत्या त गरेकै होइन हजूर, उनीमाथि अपराध भएको छ । उनी मरेको हेर्न चहाने दुष्टहरूले उने मसगँ नयाँ जिवन बिताएको हेर्न किन सकेन ? हामी बरू उनीहरूको नजरअघि कहिल्यै परिदिन्थेनम् ।” यति भनेर ऊ धेरै बेर चुप लाग्यो । मैले पनि केही बोल्न सकिन । अनि उसले आफैँ मौनता चि¥यो—

“ह्ृदयले चाल भनेर चालेका पाइलाहरूले मानिसलाई उसको परिचय दिन्छ । तेस्रो व्यक्तीले त त्यसलाई उसको आफ्नो मनोविज्ञानअनुरूपको विवेचनाविश्लेषण दिएर नितान्त व्यक्तिगत बुझाइ बनाउँछ । मेरो बुझाइमा कल्मनामा कुनै द्वेष छैन । आफ्नो भविष्य आफैँ खोजेर हिँडेकी कल्पना नियतीको शिकार भएर घाइते बेशहारा बनिन् । यदि यसैकारणले उनी कलङ्कित् हुन् भने साह्रा दुनिया कलङ्ति छ । को हिँड्दैन आफ्नो खुसीको बाटोमा ? कल्िङत त अस्वीकार्यहरू हुन्छन् । मैँले स्वीकार गरेथेँ कल्पनाको विगत, वर्तमान र भविष्य सबै उनी कसरी कलङ्कित ? म स्वीकार्दिन यो समाज, यहाँका मानिसको घिनलाग्दा सोचव्यवहार— यो समाज किन नकलङ्कित् ?”

ड्राइभर कति सत्य कुरा गथ्र्यो । जति सत्य त्यती नै अपाच्य ।

”अब भन ड्राइभर, के गर्ने सोच छ त ?”, मैले सोधेँ ।

”म के योजना बनाऊ हजूर, दैव नै मेरो होइनन् । थोरै बचेको पैसा देवघाटमा दान गरिदिन्छु । म त एक्लो ज्यान, जता मर्छु उतै थिहान । लाग्छ मृत्यु यतैकतै घुम्दैछ । त्यसैले त्यस पलाको भरपुर तयारी गर्नुछ ।”
”मैँले भनिसकेँ ड्राइभर साब, हतोत्साहित भएको ठीक होइन । तिमीले कल्पनासामुन्ने यस्ता कुरा गर्दा उनी खुसी हुन्थिन् ? उसले देखोएको बाटोमा तिमीले हिँड्नुपर्छ । असल र सफल व्यतिmत्व बनेर समाजमा हिँड्नुपर्छ । कल्पनाजस्ता धेरै असहायको जिन्दगीमा प्रेरणाको श्रोत बन्नुपर्छ । धेरै अपेक्षा गर्छ समाजले तिमीजस्तो व्यक्तित्वबाट ।” मैँले उसलाई सम्झाउन खोजेँ ।

उ के सम्झिन्थ्यो र । “साला दुखपलमा लात्ता हान्छ समाज, अनि भन्छ मबाट धेरै आशा गर्छ ! हो मैँले देखेको छु मैँले धेरै गर्नुपर्छ, तर म सक्तिन हजूर । भगेँराले चिलको उचाइ रहर गरेर कहाँ भो र, आजीवन रहरैको नोकर भएर बाँच्नुपर्छ । म त्यस्तो रहर गर्दिन । के दिएको छ र दुनियाले मलाई ताकी म यसको निमित्त बाचूँ ? बुझ्ने भएबेलादेखि आफ्नो संसारको दायरा सानो रखेको छु, सक्ने सहयोग सबैलाई गरेकै छु । नहुदाँ भोको बसेको छु, हुदाँ बाडेँको छु । वस्, कल्पना रहिनन् । रहर मरिदियो । साला यो जिन्दगी एउटा साह्रै घाडोँ भयो ।

“ड्राइभर साब तिमीले साह्रै गहिरा मार्मिक कुरा गर्छौ । म बुझ्न सक्छु तिम्रो एक्लोपना । तर के याद गर्नुभने भेडाहरूको हुलभित्र सबै भेडाहरूले समान व्यवहार पाउँदछ । तिमीभन्दा पाँचसात वर्ष जेठो छु, तिम्रो भावना बाँचेको छु त्यसैले भन्छु, जे गर्छौ घमन्डका साथ गर । कुनै दिन कसैले तिम्रो जिवनलाई विचारा नभनोस् ।”

“तपाईँ कुरा बुझ्नुहुन्छ हजूर । मलाई थाहा छ म नति एक्लो हुन्छु, त्यती नै भाग्यशाली छु । आफ्नो बाहेक कसैको चिन्ता गर्नु पर्दैन । यही भीर तल गुडिहालेँ भने पनि रूने, पीर मान्ने कोही छैन । यस्तो सौभाग्यपूर्ण जिन्दगी दिने ईश्वरलाई मेरो नमन ।” स्टेरिङ् छोडेर दुवै हात माथि उभोँ गरेर भन्छ ।

मनमनै म ड्राइभरको जिन्दगीको डाह गर्छु । आवार बतास, कि केही होइन, कि इतिहास ! “ड्राइभर साब, लाऊ”, झोलाबाट कापी, केही किताब र एउटा कलम झिकेर दिदैँ भनेँ ।“तिमी गहिरा व्यवहार गर्छौ, अब लेख पनि ।”

“हाहाहा, हजूर, ड्राइभर मान्छे म, लेख्न कहाँ सकूँला ?”

“त्यस्तो होइन । अर्नेस्ट हेमिङ्वे जसले नोबेल पुरस्कार पनि जिते उनी ड्राइभर नै थिए । कस्ताकस्ता ज्यामीमिस्त्रिीले त लेखेका छन्, तिमी पनि सक्छौ । लेख ।” मैले हौसला दिनलाई भनेँ ।

“के लेखौँ ?”

“जे मनमा आउँछ त्यही । छाप्नको लागि होइन, रित्तिनको लागि लेख, कमाउन होइन, बाँड्न लेख । फुर्सदमा, अल्छी लाग्दा पढ्नु पनि ।”

मैँले राखिदिएको पुस्तकहरूप्रति उसले आँखै लगाएन । तर उसले जरूर लेख्ला भन्ने मनमा लाग्यो । ऊजस्तो जिन्दगीले समाजलाई धेरै भनेर, सिकाएर जानुपर्छ ।

नारायणघाटबाट काठमाडौँ पुग्दासम्म वीचमा कहीँ गाडी रmकेन । कुराकानी पनि खासै भएन । म आफ्नै सोचमा मस्त, ऊ आफ्नो सोचमा ।

“यसरी निरन्तर त कहिले पनि गाडी गुडाएको छैन”, काठमाडौँ आर्ले पछि ड्राइभरले भन्थ्यो । मलाई लिन गाडी लिएर परिवार पुरा नै आएका रहेछन् । ड्राइभरसगँ चिना परिचय गराइदिएँ । त्यसपछि ऊ आफ्नै काममा लाग्यो । म परिवारसगँ घरतिर लागेँ । बुढीले भनिन्,“यो बुढाको ड्राइभरखलाँसीजस्ता असभ्यहरूको सगंत गर्ने बानी कहिल्यै छुटिने भएन ।”

1 comment:

  1. एकदमै जिवन्त कथा।
    सार्है गहिरो डुबानमा पारिदियो

    ReplyDelete