भोली
सिङ्गै एउटा दिन व्याउनु छ,
उज्यालो दिन ।
हैन भने त
अँध्यारोसगँको मेरो सधैँको
कुस्ती केका लागि ?
म छु र सबै सम्भव छन्
तर म हुनुमा मलाई खासै छैन
तर म हुनु पर्छ यो पनि अत्यन्त छ ।
मन्दिरभित्रको ढुङ्गा जस्तै छु म,
शरममा चुर्लुम्म बाँच्न अभ्यस्त ।
म आमा बन्न नालायक
र त सिङ्गै एउटा दिन व्याउनु पर्छ
हरेक मैँले ।
उज्याला दिन साथी, चकमन्न,
नमस्ते गरून सबैले,
भविष्य हर्लक्क बढोस् ।।
अझ छन् कामना छन् चोखा छन्
मेरा मनभरि छन् थाँकथाँकमा छन् ।
भेट्टाउन नसकेका निमीलनहरू
मलाई आदिम शहरको कुृना कुनामा
नाङ्गै ओथारो बस्ने पार्छ ।
र पनि शान्त छु म साथी, अनन्तैसम्म,
पुण्यसलिलाझैँ अघोर ।
ऋतुहरूसँगसँगै ओछ्यान फेर्दा फेर्दा थाकेको मेरो मासु
चौतारीमा अढेस खाएर सुसेल्दै
बुढो घामको नित्य प्रतीक्षा गर्दैछ ।
No comments:
Post a Comment