मैले एकै बसाइमा तिमीलाई र मृत्युलाई कुरिरहेँ न तिमी आयौ, न मृत्यु नै । साला भुस्याहा कुकुरको लुतोजस्तो लाग्यो पर्खाइ, र उठिहिडेँ
नाडीको घडीमा जिन्दगी अझै लामै बाकिँ थियो
सकाउनलाई त्यसै दिन देखि चौगुना चुरोट पिउन थालेँ,
चह्राउने होशमा बस्नै पर्ने के बाध्यता छ र ?
वेहोशीमै आनन्द ! मैले गाँजा पनि प्रशस्तै पिउन थालेँ ।
मैँले समाज त्यागेँ कि खै समाजले मलाई त्याग्यो,
म बडा असामाजिक ठहरिएँ, एक्लो एक्लो भएँ
मध्यरातमा जब खास्राकखुस्रुक गरेर अघिपछि साङ्गलाहरू दगुर्छन्,
मलाई लाग्छ अझै म तिमीलाई र मृत्युलाई नै पर्खदैँछु
तर यो पर्खाइमा पनि पहिलेजस्तै
दुबै नआओ न ल !
No comments:
Post a Comment