Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

आवाज मेरो कहाँ छ ?

सपनाका थानहरूको ऐठनमा कोल्टिदैँ बित्छ हरेक रात मेरो निरर्थक प्रयासका चाङ्गहरू थुपार्दाथुपार्दै बित्छ हरेक दिन मेरो

आँखा उघ्रने वित्तिकैका समाचारहरूमा लम्पसार लाशहरू
नग्न, निर्लज्जहरूको राजनीतीले मारेका आम आशहरू
गन्दा गन्दै रित्तिन्छ गन्ती मेरो,
द्रव्यपिशाचहरूले लुछेको, चुसेको धर्ती यो, देखेरै बुझेरै हुर्केको हुँ म
हुनु हुदैँन यस्तो, रोइरहेछन् सृष्टीकर्ता उभोँ - भन्न खोज्छु म
आवाज मेरो कहाँ छ, खोज्दा खोज्दै निख्रिन्छ सास मेरो
सपनाका थानहरूको ऐठनमा कोल्टिदा कोल्टिदै बित्छ हरेक रात मेरो
निरर्थक प्रयासका चाङ्गहरू थुपार्दाथुपार्दै बित्छ हरेक दिन मेरो

No comments:

Post a Comment