Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

गहिरो दहको किनारमा

“ज्या !”
मूल सडकमा
अनेक सुरले
ढ्याकढ्याक उफार्दै हिँडेको टेनिस बल
किनाराको फोहोर नालीमा खसेपछि
बच्चोको मुखबाट रुन्चे आवाज आउँछ ।

बडो सङ्घर्षले किनेको बल थियो त्यो ।
बाबाको गोजी थोरै काटेको,
मन्दिरको भेटी पुजारीले नदेख्ने गरी टिपेको,
आफ्नो सिसाकलम साथिलाई बेचेको,
हप्तौँको खाजा खर्च कटाएको,
आमालाई धुइँपत्ताल पिरोलेको,
दुई रूपैँया पसलेले बल्लबल्ल मरेर छुट दिएको !

रातो थियो बल । हरियोभन्दा रातो बलियो भनेर किनेको ।
साह्रो थियो बल । गिलो भन्दा साह्रो मजा भनेर किनेको ।
प्यारो थियो बल, जिवनमा पहिलो खेलौना आफ्नोलागि आफैँले किनेको ।
खस्यो नालीमा त्यही बल, आँखैअगाडी बग्दै गयो ।
आँखैअगाडी त्यही बल नालीनाली बल बग्दै गयो,
बच्चो किनारकिनार दगुर्दै पछि लाग्यो ।

सानो नाली ठुलो नालीमा मिसियो ।
ठुलो नाली गहिरो दहमा मिसियो ।
किनारकिनार हिँडेको बच्चो केटो भयो,
तन्नेरी भयो,
बैँसको भयो ।

त्यो गहिरो दहको किनारमा अझ छ ऊ ।
रातो बलको ढ्याकढ्याक सम्झेर टोलाइ रहेछ ।

No comments:

Post a Comment