दाम्लोको विद्रोहमा बित्छ योवन पाल्तुको ।
असफलताले प्रेम गँठ्याउँछ दाम्लोसगैँ
बुढो हुन हुन लाग्दा ।
लगामको आशाले खुट्टामा लुट्पुटिन्छ भुस्याहा
तिरस्कारले सिकाँउछ आँखा चिम्लेर चाट्न सुस्तरी
स्वतन्त्रताको घाउ ।
पाएर नपाउनु र नपाएरै पाउनु
दुबै एउटै आखीर,
पाएर खुसी मिल्छ या नपाई ?
प्रापक हाँस्छ, सुनाउँछ । अप्रापक लुकाउँछ, मुस्काउँछ मात्र ।
कति अमल बढीघटी मुख च्यातियो
मानक कसरी हुन सक्छ खुसीको ?
र फेरि,
खुसी अत्यावस्यक छ जीवनमा ?
बक्वास!
विद्रोह आवश्यक छ, आशा आवश्यक छ ।
मेरा कठिनाइमा, परिस्थितीको जटिलतामा,
मलाई भयङ्कर गर्व छ ।
No comments:
Post a Comment