ब्रह्माण्ड काँधमा बोकी हिँड्छ मानिस,
एक, दुई... ।
अन्तले अनन्त यसरी थामेको हुन्छ,
चाङमाथि चाङ, खापमाथि खाप,
असरल्ल,
एक, दुई... ।
कति पत्र पहिल्याउन सक्छौ तिमी,
तिमी आफै टाँसिएका छौ अनन्तभरी ।
यो माटोभरी, ढुङ्गाभरी,
यो पानीभरी, हावाभरी,
मेरो मनभरी, शरिरभरी ,
कति पत्र पहिल्याउन सक्छौ तिमी ?
तिमी आफै टाँसिएका छौ अनन्तभरी ।
सङ्गीत तिमीले चोरेका थियौ पक्षींहरूको ।
ती पंक्षीहरू अझै उस्तै गाउँछन्,
आउँछन् मेरो झ्यालबाहिर, उफ्रन्छन्, नाच्छन्
यीनकै नृत्य पनि त तिमीले चोरेका थियौ ।
अनाम जङ्गली फूलहरूका सुगन्ध
र फलहरूका स्वाद तिमीले चोरेका थियौ
ती पंक्षीहरू सँगसगैँ बथानमा हौसिएर
चोरेका पनि थियौ शारदीय तेज
र त सम्भव छ तिम्रो सौन्दर्य
र नै त सम्भव छ मेरो प्रेम !
तिम्रो इतिहास मलाई रहस्य,
मलाई अध्ययन, मलाई रूचि
जति पर जान्छौ तिमी, त्यती वर तानिन्छौ वस् !
मैँले आँखा चिम्लिसकेको छु
मैले वस्त्र फुकालिसकेको छु।
No comments:
Post a Comment