धुम्म परेको आजको दिन
मलाई सम्झना दिलाइरहेछ
अशोभनीय भई काली लत्पदिएको
उनका आँखाका डीलहरू ।
उनी रुन्थिनन् त
काली लत्पितिने थिएन
काली लत्पतिन्थेन् त
उनी रोएको मैँले चाल पाउने थिइन ।
रोदनले मेरा पाइला रोकिदेओस्,
उनी चाहन्थिन्
उनको आसूलाई उर्जा बनाई चलूँ
म सोच्दथेँ
एउटै पुस्तकका हामी अलगअलग पृष्ठमा थियौँ
उनी आमाको खुट््टामा उभिएकी थिइन्
मैँले साहै अव्यवहारिक जुत्ता लगाएको थिएँ ।
त्यस दिन पनि आकाश
यसरी नै धुम्म् परेको थियो—
घनघोरले पानी पर्लाजस्तो,
कहिल्यै फेरि बह्माण्ड नउघ्र्राउलाजस्तो
उमेरभरका भोगाइलाई कुन्ठा पारी
देखेका सपनाहरू भुल्दिन भनी
साघुँरो गल्ली
जुन दिन मैँले हिडेँ ।
मलाई सम्झना दिलाइरहेछ
अशोभनीय भई काली लत्पदिएको
उनका आँखाका डीलहरू ।
उनी रुन्थिनन् त
काली लत्पितिने थिएन
काली लत्पतिन्थेन् त
उनी रोएको मैँले चाल पाउने थिइन ।
रोदनले मेरा पाइला रोकिदेओस्,
उनी चाहन्थिन्
उनको आसूलाई उर्जा बनाई चलूँ
म सोच्दथेँ
एउटै पुस्तकका हामी अलगअलग पृष्ठमा थियौँ
उनी आमाको खुट््टामा उभिएकी थिइन्
मैँले साहै अव्यवहारिक जुत्ता लगाएको थिएँ ।
त्यस दिन पनि आकाश
यसरी नै धुम्म् परेको थियो—
घनघोरले पानी पर्लाजस्तो,
कहिल्यै फेरि बह्माण्ड नउघ्र्राउलाजस्तो
उमेरभरका भोगाइलाई कुन्ठा पारी
देखेका सपनाहरू भुल्दिन भनी
साघुँरो गल्ली
जुन दिन मैँले हिडेँ ।
No comments:
Post a Comment