Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

र धर्ती, यो यस्तै छ ।

र धर्ती, यो यस्तै छ

पूर्व क्षितिजबाट चिहाउछ पहिला
अनि बढेको मनोबलका साथ
उघार्छ बादलका आग्लाहरू
र देखापर्छ
सदा श्रीङ्गारित रङ्गमञ्चजस्तो
अनन्त आकाशभित्र
नग्न
त्यो सूर्य
आज पनि ।

उसले सम्पूर्ण हिजो देखेको छ
तर बोल्दिदैन ।
सत्यता पातालको गहिराइमा पुरिदैँछ
उसलाई केही मतलब छैन ।

जसलाई आफ्नो आयू अनन्तको लाग्छ
र  सदशक्तिमानी वरदान पाएकोझैँ ठान्छ
उसको व्यवहार यस्तै हुन्छ
स्वार्थी, कपटी ।

चार वर्षे बालकलाई कखरा सिकाउँछिन् आमा
र भित्रभित्रै आशा गर्छिन्
छोरा ज्ञानी बनोस्
गुणी बनोस् ।

छोराले सिक्छ कखरा
त्यही कपटी, स्वार्थी सूर्यको
छताछुल्ल पोखिएको पापपूर्ण उज्यालोमा ।

र छोरा बाबु बन्दछ
आशा गर्ने आमाको पुस्ता फेरिन्छ

अनि त्यो सूर्य,
        त्यस्तै छ
र धर्ती,
    यो यस्तै छ ।

No comments:

Post a Comment