Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

धन्य ती कथाहरु जो अकथ्य छन

राती देखेको सपनाहरूलाई
आँखाहरूबाट धोइनिकाली

मिथ्या दुनियामा
सब ठीक छ भनिकन

मायावी जगतमा
सब प्रष्ट छ भनिकन

बाँच्नु छ नयाँ विहान
अर्को दिन

सह्रा जिन्दगी
यसरी नै
सधैँभरी ।

धन्य ती कथाहरू
जो अकथ्य छन् !

धन्य ती सत्यहरू
समझभन्दा पर जो छन् !

मेरो रहर
आशा, डर
मलाई जिवन्त मात्र राख्दछन्

मलाई जिन्दगी दिने
हुर्काउनेबढाउने
पाल्नेपोष्ने
सहनेखेप्ने
त सानो एउटा संसार छ

जो मेरोलागि बाँच्दछन्
जस्कोनिमित्त म बाँच्दछु

तर हामी
नितान्त व्यक्तिगत ठानिने
आआफ्नो जिन्दगी

लुकिछिपिकन
छ्यणिक बाँच्न खोज्दछौँ ।

No comments:

Post a Comment