बह्त्त्तर सालको दशैँ
धडकनले हृ्रदयलाई जिवन्तताको अनुभूती गराउन नसकेपछि
कस्को के लाग्दछ र ?
(दोष पाँचै इन्द्रियहरूको छ
धडकन विचरा त साक्षी मात्र थियो
जे होस नाम पाएको छ
खुसी नै हुनुपर्छ । )
दशैँ भान्साले भोक मर्दैन
छिमेकीको बारीमा फक्रिझागिँएको सयपत्रीले नजर हर्दैन
पारिलो घाममा सुकूल ओछ्याएर तास फिट्दै गरेकासगँ बस्न पनि सकेको होइन
फेरि पोहोरपरारजस्तो मात्तिई आफ्नै तालामा बस्न मन लागेको नि छैन ।
बाँसको लिङ्गेपिङ्ग मात्र खेलेको छु मैले
एकदुई दिनमै लच्किएर, हल्लिएर साह्रै दुख दिन्छ
यसपाल थिम्रे सल्लाको लिङ्गोमा पिङ्ग हालेको देखियो
आहा, कति चिटिक्क थियो, कति बलियो
परन्तु न काम्रोमा मच्चिनेसगँ दशैँ थियो
त लिङ्गोमा अढेस लगाएर पालो कुर्नेसगँ ।
आलो, दुख्न नछाडेको घाऊको के कुरा गर्नु
बह्त्त्तर सालको दशैँ
जे होस आयो
गयो ।
No comments:
Post a Comment