एउटा लय मात्र हो, मैले पकड्न खोजेको ।
एकाबिहानै छिमेकी धोबीका घरमूली
झ्यालबाहिरको अम्बाको बोटमा
चुँचुचाचाँ गर्न आउँछ ।
घामका किरणहरू दायाँबायाँ बिचारेर
बिराला चालमा सुटुक्क,
कोठाभित्रको पश्चिम भित्तामा फाल हाल्छ ।
पटकमा एक गोडा पछाडि सार्छ सुस्तरी अन्धकार,
अनुशासित खुकुरीबाजजस्तै
हार स्वीकार गरेर ससम्मान ।
आफ्नो सपनाले छोडेर गएपछि,
आफूले पनि निन्द्रा त्याग्नु पर्छ । यस्तै लय
मैले पकड्न खोजेको !
No comments:
Post a Comment