र पुनः अर्को पटक
आन्द्रैदेखि निचोरिएर म
मेरो चिन्तनको माथामाथि उक्लिएर
बोलाउँछु
भेटीको लोभमा मन्दिर छोडिहिँडेका मेरा भगवानहरूलाई,
मौका खोज्दै महाभिनिष्क्रमणमा निक्लेका ती भाग्यहरूलाई
भविष्य सोचेर आफैँलाई बेचिसकेका ती अबोध वर्तमानहरूलाई
आफू बाँँच्न सन्तानलाई दासतामा गाँज्न तयार सिङ्गो एक पुस्तालाई ।
मलाई जति खाँचो छ तिम्रो आज,
तिमीलाई मेरो त्यती नै खाँचो हुनेछ भोली,
मरेका दिनहरू साउती गर्दछन् यस्तो
र नै त स्नेहले, प्रेमले,
आवश्यकताले
म घर बोलाउँदैछु
विभिन्न वहानाले आमा त्यागेर हिँड्न सक्ने
मेरा सम्पूर्ण जातीहरूलाई,
फर्की आओ !
सधैँ भोको रहिरहनुपर्ने श्राप परेका सेता, अग्ला प्रेतहरूको वस्ती छोडेर ।
No comments:
Post a Comment