आफूलाई नै खोज्दै थिएँ, ( र खोज कष्टकर थियो । )
सपनामा ( विपनामा फुर्सद कहाँ हुन्छ ? )
झल्यास्स बिउझिएँ ( प्राय सधैँ यस्तै हुन्छ । )
उज्यालो भइसकेकै थिएन ( घाम अल्छी छ मभन्दा । )
पानी पर्दै थियो ( हिजो भन्दा यत्ति फरक थियो आज । )
शिरानीमुनिको किताब झिकेँ ( पढी नभ्याएको किताब राख्ने ठाउँ यहीँ हो मेरो । )
र पल्टाएँ तत्काल ( किनकी रित्तिदोँ आयुले अत्यास लगाउँछ । )
हिजो राती दोबारी छोडेको पाना ( नहराएको चीज कसरी भेटिन्छ ??? )

No comments:
Post a Comment