Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

भविष्यको मृत्यु

विगत मरेकै ठीक, तर मर्दैन,
वर्तमान भइदिन्छ, र थाक्दैन ।

हिजो एकजना भाइलाई धेरै पछि भेटेको थिएँ,
घाटमा,
चकमन्न कालो मध्य रातमा ।
उत्तिकै सालीन थियो, उत्तिकै इमान्दार,
फेरिएकै रहेनछ ऊ, मृदुमुस्कान क्या सान्दार !
भन्थ्यो, “दाइ, भविष्य अस्ती म¥यो नि
थाहा पाउनुभो ?
यहीँ ठाउँमा दाहसंस्कार ग¥यौँ हामीले
क्या रुवावासी भो !”

मैँले जीब्रो टोकेँ, “हो र ?”

“हो दाइ,” उसले भन्यो, “हो, अस्ती मर्ने त्यो भविष्य नै थ्यो ।”

असीम त्रासले मलाई खल्र्याप्पै निल्यो,
र पसिनापसिना भएर मैँले सोधेँ, “भविष्य मरेकै हो त भाइ ?
अब के हुन्छ ?”

“केही हुदैँन दाइ,” शान्त थियो ऊ,
“दुई दिन पीडा हुन्छ,
त्यसपछि सब ठीक हुन्छ ।”

“हो र भाइ, सब ठीक हुन्छ ?” म आश्वस्त हुन खोजेँ ।

“हो दाइ, सब ठीक हुन्छ,
बिर्सेको विगत नै वर्तमान हुन्छ,
यसै पनि भविष्य हाम्रो कहिल्यै थियो र दाइ ?”

“हो है,” मँ हाँसेँ
र ऊसगँ दुईचार चुरोट समय बेप्रसङ्गी बात मारेर
घर फर्किएँ ।

ऊ धूवाँ बन्यो,
जहाँबाट आएको थियो, त्यही गयो ।

No comments:

Post a Comment