Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

मृत्युहरू

मृत्युहरू इच्छा गर्दछ राष्ट्र एकाबिहानै ।

ऊ त्यही नै खोज्छ, जो जे बाट बनेको हुन्छ

तर मैले त्यसलाई हत्या भनिन, रुन्छिन् त्यसैले आमा

कि सन्तानले उनका 

रातो-नीलो द्वित्रिकोणलाई उनको आसनमा साटे,

कि सन्तानले उनका 

सबैभन्दा दृष्टी भएको छोरोलाई मर्न बाध्य पारे,

कि सन्तानले उनका 

मरणको पनि कोटी थापना गरेर शहीदहरू जन्माए सबैभन्दा उम्दा भनी,

र उनको अर्को छोरो,

सबैभन्दा दृष्टी भएको अर्को छोरो, अर्को अर्को छोरो, 

तातो चिया छोडेर हिँडेको छ एकाबिहान

तातो गोलीले भोक मार्छ उस्को भनेर ।


मार्न तयार छ सडकमा एउटा छोरो आमाको,

नुनको सोझो भनेर भन्छ ऊ ।

मर्न तयार छ सडकमा अर्को छोरो आमाको,

खुनको सोझो भनेर भन्छ ऊ ।

पहिलो जन्म पृथ्वीको रगतमै जन्माइन्

आमाले, अन्तिम मृत्यु पनि भर्खरै रगतमै रोइन् ।

रातो उनलाई फाप्दै फाप्दैन

तर पनि आफ्ना सम्पूर्ण छोरीहरूलाई रातोमै,

तात्तातो रातोमै, सिउँदो श्रीङ्गार्न अह्राउँछिन् आमा,

रातो उनको प्रीय रङ्ग हो

रातो उनको प्रीयतमको रङ्ग हो

रातो उनको नफाप्ने रङ्ग हो ।


रङ्ग त नीलो पनि प्रीय हो आमाको, नीलो नुनको रङ्ग हो,

तर नीलोमा सिउँदो श्रीङ्गार्न अह्राउँदिनन् आमा,

किनकी गहीरो नीलो उनको सौताको रङ्ग हो

जस्ले जन्माउँछ जीब्रा-हिन जन्तूहरू

मानिस नै हुन् भनेर यो एक्काइसौँ शताप्दीमा पनि ।

यो एक्काइसौँ शताब्दीमा पनि 

जीब्रा-हीन जन्तूहरू जन्मिरहन्छन्

मानिस नै हुन् भनेर, अविश्वासमा रातो चुहिन्छ आमाको 

आँखाबाट, यो होइन अचम्म आजको ।

उनी पृथ्वीको सुरुवातदेखिन् नै रातोमा रुन अभ्यस्त छिन्,

नीलो रङ्गको झुठो गहीरोमा उनी निस्सासिन्छिन् ।


तातो चिया छोडेर हिँडेको छोरो आमाको,

कालोको पिठिउँ चढेर अबेर घर फर्केको थियो ।

आमा खुसी देखिन्थिन्, नीलोले निलेन छोरालाई ।

हतार हतार रातोको फाल्सामा आशाको एक चोक्टा मुछेर

टिको चढाइदिन् निधारमा छोराको ।

No comments:

Post a Comment