Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

अन्तिम शब्दहरु

अन्तिम शब्दहरु

उत्साहसाथ हामी आएथ्यौँ
खुसीसाथ हामी जादैँछौँ

सपनाहरू कलिलो काँधमा बोकेर ल्याएथ्यौँ
आ–आफ्नो भाग्य लेख्नलाई भनी कलमकापी ल्याएथ्यौँ

जादैँछौँ आज लिएर साह्रा 
क्यम्पसभित्र बाट सिकेका कुरा
आ–आफ्नो बाटो खन्नुछ हामीलाई
गन्तब्यमा पुग्नुछ

बिकासको ज्योती छर्नुछ हामीलाई
चन्द्र–सूर्य बोक्नुछ !!!


उत्साहसाथ हामी आएथ्यौँ
खुसीसाथ हामी जादैँछौँ

बीबीए शङ्र्करदेवको छत त्यो उस्तै रहेन
छिटै बितेछ चारवटा वर्ष होशै भएन
जादँैछौ आज छोडेर साह्रा 
साथीभाइमाझ बाट विदा लिएर

आ–आफ्नो बाटो खन्नुछ हामीलाई
गन्तब्यमा पुग्नुछ
बिकासको ज्योती छर्नुछ हामीलाई
चन्द्र–सूर्य बोक्नुछ !!!

उत्साहसाथ हामी आएथ्यौँ
खुसीसाथ हामी जादैँछौँ

No comments:

Post a Comment