Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

पलको आयू र मेरो भावना



  1. द्वित्तीय पुरुषका सर्वनामहरूले सम्बोधन गर्न
    गहीरा बातचित गर्न
    मसँग
    (मलाई लाग्छ)
    मेरो जिन्दगी
    कठीन परिस्थिती बनेर
    मेरो सामुन्ने प्रकट भइदिन्छ
    र एकैछिन बसी थकाइ मारेर जान्छ
    तर फेरि कहिले हप्तादिन, महिना दिन
    (कहिले त बर्षाै) बसेर पनि जान मान्दैन्न् ।

    ती चीसा समयहरू
    अर्जुनलाई गीता सुनाउने कृष्णकै
    अमूर्त रूप लाग्छ मलाई ।
    सारशिक्षा कस्तो दुरूस्तै हुन्छ !

    दुखिलो क्षणले मलाई होइन कि
    मैले चाहिँ क्षणहरूलाई
    बदल्न सकूँ हे प्रभू !
    किनकी (मलाई लाग्छ)
    क्षणको आयू अनन्तको हुन्छ
    र मलाई
    भरे साँझ बितिजानु छ ।

No comments:

Post a Comment