यी मेरो पाइतालाहरू कत्ति अटेरी !
त्यही सधैँ हिँडेका गल्लीगोरेटोहरू लुखूरलुखूर
हिँडेर काँक्कान पुगूँलाझैँ गर्दछन्,
मूर्ख जोडी !
फट्याङ्ग्रिएका छन्,
हिजोकोभन्दा आज तेज !
घडीको सबसे मसिनो काँटालाई जिन्न खोज्दछन्
म तमाशा हेर्छु बसेर
त्यहीँ हिजो जहाँ थिएँ
एक इन्च पनि म हल्लिएको छैन
तर यी अटेर पाइतालाका जोडी
नौटङ्की तालमा कहाँकहाँ पुगे
के के कुल्चिए, कतिलाई रमिता लुटाए
के मात्त्तरको कुरा गर्नु ।
No comments:
Post a Comment