मेरो कल्पना शक्ति
उनको इच्छाशक्ति
एकअर्काका परिपूरकः म छु
मेरी छायाँ छिन् ।
बेलुकी वास बस्न बुबाकोमा जान्छिन्
उषादेखि सन्ध्यासम्म मसगैँ हुन्छिन्
औँलाहरूका साङ्लामा बाधिँएका हुन्छन् हात
खुसि हुन्छु म
जब हुन्छिन् मेरी छायाँ ।
उनलाई फुरूङ्ग पार्न हात फिजाई एक खुट्टामा फुरूक्क उफ्रन्छु
सुरूरू घुम्दछु,
बस्दछु उठ्दछु ।
प्रेम छ हामीबीच
धेरै गर्छु म
अनि गर्छिन् मेरी छायाँ ।
प्रकृतीको नाता हाम्रो
म छु कल्पनाशक्ति
अनि त एउटा कथा छ
मेरी छायाँको ।
No comments:
Post a Comment