पश्चिम क्षितिजबाट घाम अाेझेल भयाे जसै
अाँगनपारीकाे मूल ढाेकामा चुकूल लाग्याे
र लाग्याे चुकूल अामाकाे अाशमा ।
"कपाल सेतै फुले
अाखाँ मधुराे देख्छु
हातपाखुरा कमजाेर भए
मांस फतक्क गल्छन्",
लामाे सास फेरिन् अामाले,
"तीनबीस बुढ्याैली हिँड्दैछु
अब बुढी भएँ ।"
तीन छाेराहरू अामाका
सबै मुग्लान छिरे
कसैलाई कर पर्याे
काेही रहरले हिँडे ।
"अाफन्त हेर्याे, छिमेक हेर्याे
उस्तै छ चाल," अामा सम्झाउँछिन् अाफैँलाई
"चरम बेराेजगारी र बेथीति यस्ताे
काे बस्थ्याेस् यहाँ",अामा सम्झाउँछिन् अाफैँलाई ।
जेठी बुहारी जागिरे
माहिली विदेश
कान्छी बुहारी खाेज्दैेछिन्
फुर्सदमा अामा अझै ।
छाेराहरूका नासाे बचेरा
झ्याऊँझ्याऊँ गर्छन्, पिराेल्छन्
साँझ परेपछि गुँडमा ।
भाेकाे भान्सा काेठाकाे ढाेका उघार्दछिन् अामा
अर्काे जन्ममा परिस्थितीसँग भाग्ने हाेइन
जुझ्ने सन्तान जन्माउलाँ ।"
अाँगनपारीकाे मूल ढाेकामा चुकूल लाग्याे
र लाग्याे चुकूल अामाकाे अाशमा ।
"कपाल सेतै फुले
अाखाँ मधुराे देख्छु
हातपाखुरा कमजाेर भए
मांस फतक्क गल्छन्",
लामाे सास फेरिन् अामाले,
"तीनबीस बुढ्याैली हिँड्दैछु
अब बुढी भएँ ।"
तीन छाेराहरू अामाका
सबै मुग्लान छिरे
कसैलाई कर पर्याे
काेही रहरले हिँडे ।
"अाफन्त हेर्याे, छिमेक हेर्याे
उस्तै छ चाल," अामा सम्झाउँछिन् अाफैँलाई
"चरम बेराेजगारी र बेथीति यस्ताे
काे बस्थ्याेस् यहाँ",अामा सम्झाउँछिन् अाफैँलाई ।
जेठी बुहारी जागिरे
माहिली विदेश
कान्छी बुहारी खाेज्दैेछिन्
फुर्सदमा अामा अझै ।
छाेराहरूका नासाे बचेरा
झ्याऊँझ्याऊँ गर्छन्, पिराेल्छन्
साँझ परेपछि गुँडमा ।
भाेकाे भान्सा काेठाकाे ढाेका उघार्दछिन् अामा
अर्काे जन्ममा परिस्थितीसँग भाग्ने हाेइन
जुझ्ने सन्तान जन्माउलाँ ।"
No comments:
Post a Comment