Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

जिन्दगीबाटको चाहना

जिन्दगीबाटको चाहना
अङ्कैहरूमा रूमल्लिदाँरूमल्लिदैँ नबितोस भन्छु जिन्दगी ।
भन्छु निशब्द भावनामा फिट्फिटिने असन्तोष आत्मा नहोस् मेरोे जिन्दगी ।
सकूँ छुन मानिसहरूका दैनिकी  
                       प्रत्यक्ष
र बाँड्न सकूँ आश
                    समुन्नत भोलीको ।

फुकाउन नसकिने उल्झनलाई डल्लो पारेर राखेको छु
भोलीको सोच्दिन आज मिहिनेत गर्छु ।
जतिलाई भेटछु र गहिरा बात मार्दछु
सबैलाई यसै गर्न भन्दछु ।

मिहिनेतले स्वतन्त्रता दिन्छ
स्वतन्त्रताले मिहिनेत सिकाउनु पर्दछ ।

जगत भलो त आफू भलो सोच्छु
आफ्नो सानो परिधीभित्र बाँच्छु
परिधीलाई सानै कायम राख्छु ।
तँछाड्मछाड्, हानाथाप ! सब छन् बेकार !!

No comments:

Post a Comment