Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

प्रेमी मन

कति सजिलै तिमी
ती टाङ्गहरूबिचको गुप्ताङ्गलाई
निर्लज्ज पसारिदिन्छौ
मानौँ तिमी एक वस्तु हौ ।

परिश्रम बेची ल्याएको मेरो पैसा प्यारो छ
खर्चिएर तिम्रो शरिर एकैछिन उपभोग गर्छु
पैसा तिम्रै हातले समात्छन्
मानौ तिमी एक व्यापारी हौ ।

तिमी बेचिन्छौ
र बेच्दछौ दुवै

तिमी वस्तु
तिमी व्यापारी पनि ।

आवश्यकताले नै एकअर्काको परिपुर्ती गराउँदछन्
तिमी जे ठान, अरूहरू जे ठानुन्
म सुन्दरता ठान्छु , प्रक्रीती मान्छु

खराब खेलाडी म जिन्दगीको
चलाख खेलाडी तिमी जिन्दगीको

कर्म नै नियती बन्छ
तर जे होस्

पाप बेच्नेलाई नलागोस्
किन्नेलाई नै लागोस्
किनकी मन त यो सधैँ
प्रेमी नै रहनेछ ।

No comments:

Post a Comment