पर्खाइको मीठासमा
हातमा बोकेको गुलाब ओइली गए पनि
शीरमाथिको घाम क्षितिजपारी लुकिगए पनि
कुरिरहेको हुनेछु म तिमीलाई
चन्द्रमाको प्रकाशमा ताराहरू गनीगनी ।।
तिमीले यही आउँछु भनेथ्यौ
यति बजे भनेर समय पनि गनेथ्यौ
आउदिनौँ भन्ने शङ्का मनमा कतै छैनौ
जति ढिलो भएपनि आखीर गुमाउने केही होइन
बरू थोरै कुरे मैले तिमीलाई देख्छु
न्यस्रिएर मर्नै लागेको मनमा नया प्राण फेर्छु
छोटो प्रतीक्षा नै त हो यो जीवन
प्रत्येक पल जीवन लागे पनि म तिमीलाई अझै कुर्छु
हो प्रीय, पर्खाइको मीठासमा आफैँलाई भुलेर
साह्रा उमेर म तिमीलाई नै कुर्छु ।।
No comments:
Post a Comment