Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

साहित्यकारकाे धर्म

साहित्यकारहरु विश्वका नागरिक हुन्,
एक राष्ट्रकाे पक्षमा बाेल्नु
विल्कुल अपाच्य हुन्छ ।
तर सत्यकाेलागि उभिनु
उनीहरुकाे धर्म हाे।
नेपाली भूमी अतिक्रमण अपराध हाे ।
नेपालभित्र व्याप्त भ्रष्टचार र अनियमितता
झन रक्तिम अपराध हाे।
बन्दुक हिच्किचाएकाे वखत
कलमले भर्नु पर्छ प्रेरणा
जनमानसमा
जन्माउन सहिदहरू ।
सहिदहरू, जाे प्रत्येकमा लुकेर रहेका छन्
तिनै सहिदहरू जाे अाज इन्टरनेट सन्जालमा झुलेर रहेकाे छन्
डिपार्टमेन्टल स्टाेरभित्र, मलथिएटरभित्र, एयरपाेर्टमा
जागिर खाने लाइनमा, विदेशी कुसिनकाे डाइनमा
र अन्य धेरै ठाउँमा सहिदहरू बिग्रिएर बरालिएका छन् ।
राष्ट्रइतिहासमा यस्ता समय धेरै अाउँछन्
र समयले सक्षम सत्यलाई नै साथ दिन्छ
ज्ञानैले निर्देशित सभ्यतामा
कलमैभन्दा सक्षम के हुन्छ र ?

No comments:

Post a Comment