Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

पर्याप्त छ पीडा प्रभू

म उसिन्निएको छु सिमानाभित्रै,
दक्षिणको गरम बतास आउँछ
झन आँतपुर्पुरो सेक्दै !
म उसिन्निएको छु आफूँभित्रै
उत्तर लोभलाग्दोे छ,
तर त्यताको बदना छ बेग्लै !
म हेर्छु तिमीलाई, देख्छु उस्तै हाल
छुन्छु वेदना भित्री मनको
दिन्छौ तिमी कसलाई गाल ?
म सुन्छु आफैँलाई, भेट्छु एउटै ताल
गुन्छु व्यवहार कपटी दुनियाको,
चलिरहेछ जेजसो विना गुनासो फिलहाल
धन्य छ लीला प्रभू
एउटै प्राण छ, एउटै लास छ
के के मात्र म सहूँ ?
पर्याप्त छ पीडा प्रभू
एउटै मन छ, अगँभङ्ग छ
कतिञ्जेल मात्र म सहूँ ?

No comments:

Post a Comment