Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

कठै बित्यो उमेर

ओइलिएको फूल हातमा लिई
फूऊऊ फुक्छिन् पत्तिहरूमा
र मुस्कुराउछिन् उनी
उनलाई कारण चाहिन्न मुस्कुराउन

मुस्कानले खुसीको भान गराउँदो हो
वा खै अरू नै रहस्य के हो
उनी साँझविहान नै झ्यालमा बसेर अचेल
मुस्कुराइ रहन्छिन् ।

अरू बेलाभन्दा बढी नै पोतिएका ओठका लाली
र आँखा छेउछाऊका काली
गिज्याउँछन् गालाका चाउरी

कठै बित्यो उमेर
मरेन योवनका रहर ।

No comments:

Post a Comment