फर्केर हेर यात्री
फर्केर हेर यात्री बाटो कतै बिराएको छैनौप्यारी प्राप्ती खोज्दै हिँडदा
पाइलाहरू गिराएको छैनौ ।
भित्रबाहिर, दायाँबायाँ सबैतिर नियालेर हेर
नछुट्नुपर्ने नचाहिनेसगँ साटिए कि निर्धक्क हुनलाई हेर ।
निकै पर पुगेर फर्किनु पीडादायी हुन्छ
मात्र उमेरको बर्बादी, औचित्यहीन भोगाइ हुन्छ
त्यसैले फर्केर हेर यात्री
बाटो कतै बिराएको छैनौ ।
असल सुरmवात गर्नलाई हुदैँन कहिल्यै ढिलो
बहाना हो सब आजलाई टार्ने हुदैँन कहिल्यै छिटो
आज अनि तत्काल
बाङ्गोटिङ्गो पाइला सोझ्याउने
लालच, कुनियत मिल्काउने
हैन भने त गन्तव्यमा आत्मग्लानी प्रतीक्षरत छ
शीर निहुराएर रmझ्दैँ अगाँल्ने
पछुतो समाधान हुने छैन
न त पत्थरको पूजा नै
छ त केवल आज अनि तत्काल
त्यसैले,
फर्केर हेर यात्री बाटो कतै बिराएको छैनौ
प्यारी प्राप्ती खोज्दै हिँडदा
पाइलाहरू गिराएको छैनौ ।
No comments:
Post a Comment