Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

गरीब देशका अमीर जनता

फुस्रामैला झण्डालाई
आदर्श स्वीकारेर
शीरमाथि फहराई
अक्षम्य व्यक्तित्व
फेरि देखिए
पुरानै दम्भमा
हातहरू जोडिकन
निर्लज्ज निर्लज्ज !
प्रजातन्त्रको रिढ भन्दै
निर्वाचनमा भोट माग्न
जिन्दावादको नारा लगाएर
विकासनिर्माणको सपना बाड्दै
खुलेआम मानिस झुक्याई
अकर्मण्य बगालको नेतृत्व
पुन फर्कियो समाज
ठानिकन निर्दोष, निर्लज्ज !
प्रजातन्त्र नफाप्ने सानो भुगोलमा
स्वतन्त्रताले अनुशासनहीन बनाएको जनता
जान्नेले लुट्दै, नजान्नेले सिक्दै
मौलिकता बिर्सेर अनुकरणमा भुल्दै
पत्रिका पढ्दै चियागफमा सुर्रिएर
भोट हाल्नेको हनुमानगिरी गर्दै
बस्दछन् पिछडिएर अर्धशिच्छित जनता
गरीब देशका अमीर जनता ।

No comments:

Post a Comment