Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

निदरीको पर्खाइमा

निदरीको पर्खाइमा

आइन मेरी निदरी आज
मेरो कोठाको चार पर्खालभित्र ।
सुनसान एक्लो आजको रातमा
भुलिछन् उनले आफ्नो मित्र ।।

सानो दियो बाल्याछु एउटा
हटाउन आज रातीको कालो ।।
त्यसकै उज्यालोमा पर्खदैछु उनलाई
एकदुई गन्दै माकुराको जालो ।।

मनमा अनेक कुराहरू खेलाएर
कति कोल्टे मैले फेरेँ  ।।
आकिछन् कि कतै भनी
झ्याल उघारेर कति हेरेँ  ।।

सुन्छु लाटोकोसेराहरू जुधिराछन् बाहिर
लडाइमा साथ दिराछन् कुकूर ।।
मेरो युद्घ समयसगँ मात्र
टिकटिक घडीको मेरो शत्तुर ।।

पर्खदापर्खदै मेरी प्यारी निदरीलाई
घडीका काँटाहरू सबै अकासिए ।।
अझ लामो रात काट्नुछ
सम्झिएर यो निकै अतासिएँ ।।

मेरी सानैदेखिको साथी उनी
दिदैँआछिन् हररात उनले साथ ।।
भेट्न नआएको उनले मलाई
सम्झनामा छैन कुनै रात ।।

आजसम्म कुर्नु परेको थिएन
यति अबेरसम्म कहिल्यै उन्लाई ।।
अलमल्लिन् कि अन्धकारमा कतै
उज्यालोको कामना गर्छुृ जूनलाई ।।

अब थोरै मात्र कुर्नुछ
उनी चाडैँ भेट्न आउनेछिन् ।।
समाई मेरो दाहिने हात
डोराउदैँ स्वप्न नगरीमा लानेछिन् ।।

No comments:

Post a Comment