Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

परिचय

परिचय

मध्यरातको सन्नाटामा
मसानको खरानीमाथि उदाङ्गो खुट्टा
आफ्नै अस्तित्वको खोजीमा
हरेक पाइलामा अग्निीको झिल्का निकाल्दै हिँडने
को हूँ म ?

अलौकिक सन्त्रासले
मानिसका पाइताला पुग्न डराउने स्थान
आफ्नै अस्तित्वको खाजीमा
प्रचण्ड वेगसगैँ डुलिहिँड्नेँ
के हूँ म ?

म हेरिन्छु तर देखिन्न
म बोल्दिन तर सुनिन्छु
म भेट्दिन तर पनि खोजिहिँड्छु
म पाउँछु अनि फेरी छोडिदिन्छु
किन हूँ म ?

न मभन्दा श्रेष्ठ कोही छ
न म कोहीभन्दा श्रेष्ठ कोही छु
म छु एक छन परिभाषा अनेक
सहि छन् सब तर अपुरा प्रल्येक
कसरी हूँ म ?

मजस्ता अरू थुप्रै छन्
फेरी पनि म एक्लो छु
म सधैँ म नै हूँ
कहिले पुजिन्छु कहिले थुकिन्छु
कहिले तिरस्किृत त कहिले बुझिन्छु

सब झुठ । सब गलत । सब आडम्बर ।

No comments:

Post a Comment