Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

जगिरे मित्रहरुलाई

ठीक छ,
सब रामो हुन्छ भन्छौ,
तिमी सोच्दैनौ जस्तो छ, हो ?

पत्रिका पढदैनौ जस्तो छ ?
समाचार पनि पक्कै सुन्दैनौ त्यसोभए?
के गर्छौ त के ?
बल्ल बल्ल पाएकै रोजगारीमा अल्मलिन्छौ ?
कमाएको छु, जोगाएको छु भन्ठानेर मख्ख पर्छौ ?
कतिञ्जेल पुग्छ तिमीलाई यसरी ?
तिमीलाई पुग्ला । तिम्रा सन्तानलाई ?
तिमोजस्तै दुरुस्त सङघर्ष तिमा छोरानातीले पनि गरिरहुन ?
त्यस्तो पनि राष्ट्रको सम्वृद्धी हुन्छ ?

किन बोल्दैनौ ?
तिमीलाई राष्ट्रको दुःख आफ्नो लाग्दैन ?
कि तिमीलाई राष्ट्र नै आफ्नो लाग्दैन ?
स्यालहरूको राजमा कतिञ्जेल भेडा बन्छौ ?
प्रत्येक दिन हिजोजस्तै छ,
प्रत्येक विहान अन्धकार छाउँछ,
तिमीले देखेका छौ, बराबर भोगेका छौ ।
आफ्नो लागि त ग¥यौ जेजस्तो,
देशमै भएर पनि,
मुग्लान नै गएर पनि ।
तर तातेताते गरेर हिँड्न सिक्दै गरेको
तिम्रो छोराको भविष्य के होला ?
तिम्रो विगत जस्तै ।
तिमीलाई चित्त बुझ्छ ?

अनि किन अझै
सोच्न थाल्दैनौ,
बोल्न थाल्दैनौ,
लखेटेर धपाउदैनौ
अवसरवादी, अनैतिक, आपराधिक स्यालहरूलाई ?

No comments:

Post a Comment