Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

Siddhanta ko Shikar- Nepali Story




 सिद्धान्तको शिकार- कथा

”आफ्नो कर्मले निर्धारण गरिदिएको बाटाहरू हिँड्दा यी गोडाहरूले कहिल्यै गुनासो गर्ने छैनन् शङ्कर दाइ”, मैँले जोशका साथ भनेँ । शुक्रवार थियो, हाफ छुट्टिको दिन । त्यस्तै साढेँ चार बज्दै थियो । शङ्कर दाइ, विक्रम दाइ, मोहन र म— ब्रान्चका चारैजना पुरmष स्टाफहरू चाडैँ आफस बन्द गरेर पिउनलाई विमली दिदीको होटेलमा अर्डर पर्खेर बसेको थियौँ । भर्खरै भएको मेरो ट्रान्सफरप्रति इकिंत गर्दै मैँले भनेको थिएँ, शङ्कर दाइले बुझिहाल्नु भयो ।

“कसैको गलत कर्म र अदुरदर्शी निर्णय तिम्रो नियती बन्नुहुदैँन भन्न मात्र खोजेको हूँ”, शङ्करदाइले भन्नुभयो, “तिम्रो सिनियर भएको नाताले । बैँकमा तिमी नयाँ छौ, जवान छौ, त्यसैले चङ्गासरी हलुका भएर कुराहरू गर्छौ । तर समय बित्दै गएपछि बुझ्नेछौ कर्पोरेट कल्चर । यहाँ मनलाग्दी सरूवाबढुवा, निष्कासनभर्ना हुने गर्छ । ट्रेड युनियन व्यवस्थापकहरूको प्रत्येक निर्णयमा ताली मात्र चुट्दछ, त्यो पनि अस्तित्व देखाउनका लागि मात्र । कतिपय अवस्थामा त स्वयं एच्आर् अफिसरकै कैही लाग्दैन । ”

शङ्कर दाइको कुरामा यथार्थभन्दा बढि जागिरप्रतिको धेरथोर असन्तुष्टी मिश्रीत थियो भनेर मैँले अड्कल काटेँ । उसो त असन्तुष्ट विक्रम दाइ र मोहन पनि थिए । कसैलाई पनि दाङ्को प्रख्खर गर्मीमा सरूवा भएर आउन मन थिएन । मेरो भने यो काठमाडौँ बाहिरको पहिलो पोष्टिङ्ग थियो । भर्खर हप्तादिन भएको थियो त्यहाँ रिपोर्टिङ्ग गर्न थालेको । शङ्कर दाइ ब्रान्च म्यानेजर, बिक्रम दाइ क्रेडिट आफिसर, मोहन सिनिउर एसिस्टेन्ट र म भर्खर नियुक्त भएको जुनियर एसिस्टेन्ट । स्नातक पास भएको भए मोहन अबको छ महिनामा जुनियर अफिसर हुन्थ्यो । विवाहित थियो ऊ । नजिकै रहेर दिनभर काम गर्नुपर्ने भएर होला मोहन र मवीच बढि झाँगिएको सम्बन्ध थियो । उमेर पनि उस्तैउस्तै भएर होला तँतँमम चल्दथ्यो ।

विक्रम दाइ र मोहन शङ्कर दाइसगँ त्यती खुलेर कुरा गर्न सक्तैनथे । म भने सक्थेँ । किनभने शङ्कर दाइसँगको मेरो हाकिमकारिन्दाभन्दा दाजुभाइजस्तो थियो । उहाँ मेरो भन्जादाइको साथी । बैँकमा जागिर गर्नुभन्दा पहिल्यै उहाँसगँ बसेर कयौँ अवसरमा दारmपानी पिइसकेको थिएँ । त्यसैले उहाँसगँ खुलेर कुरा गर्न अफ्ट्यारो लाग्थेन ।

“म त छ महिना हेडअफिसमा बसेर काम गरेको मान्छे, आफैँले सरूमा मागेर दाङ् आएको हुँ । इलाम वा पोखरतिर मागेको थिएँ, यतै मिल्यो । दुईचोटि नसोची आएको छु, हेर्छु के हुन्छ ।” मैँले भनेँ । विमली दिदीले एक हाफ जिनको बोतल टेबलमा राखिदिनुभयो । शङ्कर दाइ गर्मीमा जिन रूचाउनुहुन्थ्यो ।

“के हुन्छ र हेर्छौ”, विक्रम दाइले गिलाँसमा जिन भर्दै भने, “जिन्दगीले एउटा खुट्टा जागिरको पोष्टमा बाधिँदिसक्यो । ‘अर्को त फ्री छ’, यही सोचेर रमाउनेछौ केही वर्ष । कुनै दिन झल्यास्स बिउझिँदा आफूमथि नजर लगाउँदा आफू त्यही पोष्ट वरिपरि नै रिङ्दै गरेको आभाष गर्नेछौ ।” खै किन हो विक्रम दाइ जागिरले एउटा खुट्टा बाधिँदियो भनेर गुनासो गरिरहनु हुन्थ्यो । त्यो साँझ पनि गरे । हामी कसैले केही प्रतिक्रिया दिएनौँ ।

“चियर्स !” चारैजनाले पहिलो चुस्कीपूर्व ग्लाँस उचाल्यौँ । मोहन त्यस दिन पिउँदिन भन्दै थियो । शङ्कर दाइले कर गरेपछि टार्न सकेन । होटलमा हामी बाहेक अर्को दुई टोली पनि पिउदैँ थिए । साँझको बेला भएर हो कि व्यापार धेरै भएर हो, विमली दिदीले सितन सबै सकियो भन्दै थिइन् । भट्मास भए पनि भुटेर साधिँदिनु भनेका थियौँ । त्यसको मस्त अमिलोपीरोमा पहिलो बोतल निख्रियो ।

“विमली दिदी, खै अर्को एक हाफ दिनुस् त”, विक्रम दाइले भने ।

“किन हाफ हाफ गर्छौ पुरै फुल नै मगाऊ”, शङ्करदाले विक्रम दाइलाई अह्राहटको शैलीमा भन्नुभयो । विक्रम दाइले एक फुल नै माग्नुभयो । विमली दिदीले ल्याएर टेबलमा राखिदिइन् । विक्रमाले बोतल फोड्यो र चारैवटा रित्तो गिलाँसमा जिन चढायो । अर्को लट साधेँको भट्टमास आइसकोको थियो । गिलाँसबाट सबैभन्दा पहिलो चुस्की लिएर शङ्कर दाइ बोल्नु भयो, “नगर भो जागिरका कुरा, आफिसमै गरौँला । बरू भन दाङ कस्तो लाग्दै छ ?”

“गर्मी लाग्यो मलाई त साह्रै नै, अनि बजाररमाइलो पनि नाइँ । चरी भरर त झन कतै देखिन ।” मैँले भनेँ ।
“चरी भरर भन्याचाहिँ ?” विक्रम दाइले सोधे ।

“केटी भन्या यस्ले”, मोहनले जवाफ दियो । “यो मुला काठमाडौँको रैथानेलाई अनेक अलङ्कार र बिम्बहरू आउँछ ।”

“ए”, विक्रम दाइ फिस्स हाँस्नुभयो र भन्नुभयो, “जानु प¥यो नि त ठाउँमा ।”

“ठाउँ भन्याचाहिँ ?” म जिज्ञासु भइहालेँ ।

“दाङ आएर पनि ठाउँ सोध्ने ? थाहा छैन तिमीलाई दाङ ?”, गिलाँस उठाउदैँ विक्रमदाइले भने ।

“ए, उता काठमाडौँमा त्यस्ताहरूलाई हामी माल भन्छौ । चरी हुने हैसियत गुमाइ सकेकाहरू ।” मैँले भनेँ । भनिसकेपछि सोचेँ शङ्करदाइ जे भएपनि सिनियर, कुरा रmचाएनन् कि ?

“अनि कत्तिको पासोमा पाथ्र्यौ त चरीहरू ?”, शङ्कर दाइले सोध्नुभयो । ए, शङ्करदाइले कुरा मन नपराएको त होइन रहेछ ।

“अँ, पार्थे फाट्टफुट्ट । सबै चरीको आआफ्नै पसन्द हुन्थ्यो, छुट्टाछुट्टै पासोमा पर्थे । तर निकै चलाख हुन्छन् काठमाडौँ चरीहरू ।”, मैँले भने ।

“कतिको पाथ्र्यो त तिमीले पासोमा ?”, शङ्कर दाइले दोहो¥याएर सोध्नुभयो ।

“तेह्र वर्षको उमेरदेखि हामी उता चरीहरूसँग कुममाकुम जोडेर डेटिङ् जानेगर्छौ । काठमाडौँमा आजभोलि सबको प्राय त्यस्तै हुने गर्छ । अब आफैँ कल्पना गर्नुहोस् पच्चीस वर्षको भएँ, कतिलाई पासोमा पारेँ होला?” मैँले भने । विक्रम दाइ र मोहन गिलाँसभित्रै भुलिरहेका थिए । संवाद म र शङ्कर दाइ मात्र गरिरहेका थियौँ ।
“कता के कल्पना गर्नु अब म बुढो पुस्ताको मानिसले । हाम्रा पालामा त तरूनीसँग बोल्न मात्र पनि कति मुस्किल पथ्र्यो । तिमी आफैँ सुनाउन चरीसगँको तिम्रो लिलाकर्महरू ।”

“कुन सुनाऊँ, पहिलो कि पछिल्लो ?” प्रेमका कुरा गर्ने हो भने कि पहिलो कि पछिल्लो कुरा गर्नसुन्न मन पर्ने भएकोले मैँले विकल्प दिदैँ सोधेँ ।

“पहिलो प्रेमका लीलाहरूमा काँचाकलिलापनहरू धेरै हुन्छ । बढी सैद्घान्तिक हुन्छन् । पियक्कडले सधैँ पछिल्लो नै सुन्न रूचाउला भन्ने मलाई लाग्छ किनकी रक्सीसँग सेक्सी गफ नै सुहाँउछ ।” शङ्कर दाइले सितन चपाउदैँ भन्नुभयो ।

“कहाँ यो मूला सिशिको जोत गफ सुन्ने ? अर्कै दिन सुनौँला, आज जाम सर ।” मोहनले प्वाक्क बोल्यो ।  नसुनेको भन्या त सुनेर नसुनेझैँ पो ग¥यारैछ ।

“कहाँ जाने कुरा ग¥या ? ब्रान्चमा भर्खर ट्रान्सफर भई आएको तिम्रो सहकर्मीलाई वेलकम गर्नुपरेन अलिक ढिलैसम्म बसेर ? भर्खर छ बज्दैछ । बरू उसलाई किन सिशि भन्यौ ?”

“यो मुला सिद्धान्तको शिकार । बडा आदर्शवादी जिउन खोज्छ । यसको लभस्टोरी अर्कै दिन सुनौँला । माघको महिना अध्याँरो भइसक्यो । अहिले फेरि बुढीले मार्छे ।” मोहनले भन्यो, “फोन गरेकोगरेकै छे ।”

“खै लेऊ म कुरा गरिदिन्छु । सानोतिनो पार्टी छ भनिदिउँला ।”

“हेन, हुदैँन सर । पत्याउँदिन । पिउनसमेत हाकिमको सिफरिसमा पियो भन्ली ।” मोहनले मानेन ।

“हुन्छ, तिमी जाऊ न त मोहन,” विक्रम दाइले भने, “मेरो बाइक लिएर जाऊ ।”

“अनि तिमी कसरी जान्छौँ”, मोहनले विक्रमलाई सोध्यो । उनीहरूवीच तिमीतिमी चल्दथ्यो ।

“अँ, हो त फेरि ।” बाइक लगेपछि कस्ले फर्काएर ल्याउने, विक्रम दाइ सोचमा परे ।

“यसो गर्छु, म छोडेर आउँछु यो मोहनलाई,” मैँले भनेँ । “आउँदा कोठामा पसेर उताबाट साथीले पठाइदिएको ठुलो खसीको सुकुटी लिएर आउँछु ।”

गिलाँस रित्याएर ‘आह !’ गर्दै शङ्कर दाइ बोल्नुभयो, “हुन्छ, राम्ररी जानु । यहाँ काठमाडौँमा जस्तो मापसे समस्या त छैन, तैपनि सम्हालिएर जाऊ । चाडैँ आऊ । तिम्रो प्रेम कहानी सुन्नु छ ।”

म र मोहन उठ्यौँ । विक्रम दाइले खल्तीबाट बाइकको साचोँ झिकेर दिए । मैँले समातेँ ।

हामी बसेको होटेल सानो थियो । त्यहाँबाट मोहनकोसम्म पुग्न बाइकमा पन्ध्र मिनेट जति लाग्थ्यो । अनि अकोँ पन्ध्र मिनेटको दुरीमा म बस्दथेँ । शङ्कर दाइ ब्रान्च नजिकै कोठा लिएर बस भन्दै हुनुहुन्थ्यो । “हैन, झट्पट् उतै बसिहालेँ । एकवर्षे करार पनि भइसक्यो ।” मैँले झुठो बोलिदिएको थिएँ । खै किन हो, घर र अफिसवीचको दुरी जति भयो त्यती आउँदाजादाँ खुसी लाग्छ मलाई ।

मैँले बाइक कुदाएँ, मोहन पछाडि थियो । ऊ मातेको थियो थोर । “अर्काको बुढीसगँ कुरा गर्छु भन्छ साला ।” बेलाबेलामा यसो भन्दै भुत्भुताउथ्योँ ।

“ओइ मोहन, अहिले बुढीसँग सिरकभित्र लुकिमारी खेल्दा बुढीलाई कतिपटक ढ्याप्पा दिन्छस् ?” मैँले उटपट्याङ् हुदैँ सोधेँ ।

“के पटकको कुरा गर्छस सिशि, रक्सी खाएर गएपछि बुढीले छुन समेत दिदिँन । हाकिम सालेले धोकाएर पठाइहाल्यो ।”

“मेरो बेलकम थियो भन न, फका । मीठामीठा कुरा गर । आउदैँन ? सापटी दिऊँ ?”

“भो, भो ल मूजी ! सात वर्ष लभमा पारेर तीन वर्ष भयो विहे भएको । तँ च्यासेँको फिल्मी तरिका चाहिदैँन मलाई मेरो बुढी फकाउन ।” मोहन पड्कियो, “बाउलाई सिकाउन खोज्छ, बरू चुरोट ले तानौँ ।”

“सूर्य नै चाहिने होला मोहन सरलाई, पाइलट मात्र छ मसँग ।” मैँले जिस्काएँ ।
“फिल्टर हुन्छ हैन ?” उसले सोध्यो ।

“अँ, हुन्छ ।”

“चल्छ ले ।”

“खल्तीमा छ झिक ।”

मैँले लगाइराखेको ज्याकेटको दाहिने खल्तीबाट चुरोट र देब्रेबाट लाइटर झिकेर मोहनले सल्कायो । “खै, ह्यान्ड पफ दे त”, मैँले मागेँ ।

मोहनलाई घर छोडिदिएर मेरोमा जादाँ मलाई एउटा सोच आयो । म र मोहन कति फरक छौँ, चुम्बकको विपरित ध्रुवजस्तै । दस वर्षदेखि एउटै केटीको प्रेममा छ ऊ । जिम्मेवार र व्यवहारिक छ । तर आधा जिन्दगी लगभग जिउन लागिसक्दा पनि म अझै अव्यवहारिक, हुन्डरीजस्तै थिएँ । र मेरो प्रेम प्रत्येक साल बसन्तमा फुल्दथ्यो र शिशिरमा ओइलाएर जान्थ्यो । विपरित लिङ्गीहरूको अनुभवहरूको मोहन डाह गर्दो हो, तर उसले नबुझ्ला म कति डाह गर्छु उसको सफल प्रेमको ।

कोठामा पुगेँ । काठमाडौँबाट साथीले पठाइदिएको सुकुटी थियो । नेवार साथी थियो, उसके सुकुटीको धन्दा थियो । बेलाबेलामा ‘सिटन खाऊ’ भनेर पठाउथ्योँ । म भने सित्तैँमा खाऊ भनेको बुझ्थेँ, खुब रमाएर खान्थेँ ।
होटलमा पुग्दा अर्को बोतल मगाइराखेको रहेछ । मैँले विमली दिदीलाई सुकुटी दिएँ । बनाएर पठाइदिनु भनेर दाइहरूसगँ बसेँ ।

“पु¥याइदियौ मोहनलाई”, विक्रम दाइले सोधे । 

“अँ, छोडिदिएँ ।”, मैँले भनेँ ।

“बुढीदेखि लास्टै डराउँछ त्यो ।” शङ्कर दाइले भन्नुभयो, “बुढी पनि च्वाँक छ मोराको ।”

“सोझो छ मोहन । चाडैँ बाउ बन्दैछु भन्थ्यो अस्ति ।”, विक्रम दाइले भन्नुभयो ।

“हो र ?” म अचम्मित भएँ । “मलाई त अझै केही भनेको छैन मोहनले ?”

“तिमी के सुडेनी हो र तिमीलाई भन्नै पर्ने ।” विक्रम दाइले जिस्काउन भन्नुभयो । “बरू खै चुरोट देऊ तानौँ ?”

“दिनभर सगैँ बरेर काम गर्छौ, मलाई अझैसम्म नभनेको कारणले अचम्म लाग्यो । त्यसो त के तपाईँ सुडेनी हो र तपाईँलाई मात्र भन्यो मोहनले ?” चुरोट दिदैँ  मैँले पनि जिस्क्याएँ ।
“पाइलट पो ?” विक्रम दाइलाई पाइलट चल्थेन । साहुनी सगँ एक बट्टा सूर्य चुरोट माग्नुभयो र एउटा सल्काउनु भयो ।
“खै त तिमीले आफ्नो पछिल्लो प्रेमप्रसङ्ग सुनाउछु भन्थ्यौ,” शङ्कर दाइले मतिर हेरेर भन्नुभयो ।
“पिउन बसेपछि शङ्करले गोप्यगोप्य कुराहरू सोधेर हैरानै गर्छ”, एकपल्ट भान्जा दाइले भनेको कुरा सम्झेँ । तर मैँले खुलेआम गरेको कुराहरू थिए, गोप्य हुदैनन् भन्ने माने । भनेँ, “हुन्छ दाइ, पहिला सुकुटी त आओस्, अनि यो ग्लाँसको सकाऊँ, अर्को बोतल मगाऔँ ।”
————

”जुन परिघटना म भन्दैछु, यो विगत छ महिनामित्र घटिभ्याएको मेरो जिन्दगी हो । छ महिना पर्याप्त हुन्छ दुई जना विपरित लिङ्गीहरू प्रेममा बाधिँन, घनिष्टताको सिमा नाघ्न, सगैँ बाँच्नेमनेँ सपनाहरू देख्न ।” सुकुटी र बोतल दुबै विमली दिदीले टेबलमा राख्दिसकेकी थिइन् । मैँले कुरा सुरू गरेँ ।

“त्यस्ता अव्यवहारिकता प्रेम हुदैँन, योवन हुन्छ भन्ठान्छु म”, विक्रम दाइले सुरमै मेरो कुरा काटे ।

“जब त्यहाँ सगैँ मनेँबाँच्ने कुरा नै आइसक्यो, वाचाकसमहरू नै खाइसक्यो त्यहाँ कसरी प्रेम नभएर मात्र काचोँ उत्ताउलो योवन मात्र हुन्छ ?” मैँले सोधेँ ।

“अचेतना, मित्र, ठूलो वरदान हुन्छ । भ्रम सबै यसकै उपज हो । हैन भने त मानिसका सबै विश्वास सत् हुन्थेँ, असत् केही हुन्थेन । रह्यो कुरा मायाको, उफ् ! यो जाल बुझ्नेले मर्छु भन्दैन, मार्छु भन्दैन । बुझ्छ उसले कि त्यो धोका पनि माया नै थियो, र यो माया पनि धोका नै हो । अनि कहिल्यै कुनै बाचाकसमा बाँध्दैन । ती निर्दो कसमहरू त औजार सरह छन्, भयले शशङ्कित मनलाई ‘सधैँभरिका लागि’ भन्ने भ्रम दिएर शान्त पार्दै उमेरका प्यासहरू गोप्यमा गौरवका साथ बुझाउनका निमित्त प्रयोग गरिने अचेतन औजार ।”

“खै, म तपाईँका कुरा बुझ्दिन के हो ।” मैँले भनेँ, “हामी सबैको व्यवहारिक हुने आफ्नैआफ्नै अन्दाछ हुन सक्छ । जस्तो समाज उस्तै व्यवहार गर्नु कसैको नजरमा व्यवहारिक हुन सक्छ, कसैको नजरमा अबुझ हुन सक्छ ।”

“प्रेम त श्रीष्टीको आधार हुन्छ, यस्ले सधैँ जीवनालाई मलजल गर्छ । सत्मार्गमा डो¥याउँछ । जब पैममा मानिसका अन्य भावना हावी भइदिन्छ, प्रेम असत् मार्गमा गइहाल्छ । कत्ति बेर लाग्दैन । इच्छा, लोभ, भय, मोह, आदी भावनाले प्रमलाई प्रदुषित बनाउँछ । अनि मानिसको आँखामा पट्टि लागाइदिन्छ । यस्तो पट्टि जसको पहिरनबाट यस्तो महसुस हुन्छ कि संसार साह्रा कति झुट छ र आफू कति असल ! हाहाहा, अचेतना महाशय, अचेतना, ठूलो वरदान हुन्छ”, विक्रम दाइले भने ।

“तपाईँका कुरा बडा गहीरा लाग्यो, तर फुटिकौडी बुझिँन । तपाईँले मैले भन्न लागेको कथा भावनाको वेगमा यौवनको प्यास मेट्न मात्रको लागि गरिएको एउटा झुठो नाटक भन्नेठान्नु हुन्छ भने तपाईँ गलत हुनुहुनेछ । प्रत्येक प्रेमकथालाई छुट्टाछुट्टै विषय बनाएर पढ्नुपर्छ, समग्रमा अध्ययन गनु हुदैँन ।”

“ठीक छ, भन्दै जाऊ । कत्तिको गहिराइमा पौडिएर फर्किएकछौ अन्दाज गरौँला ।”

“हुन्छ, गर्नुहोस विक्रम दाइ । उनी थरले राइनी, घरले धनकुटे । पाँच वर्षकी हुदाँ बाबुआमासगँ बसाइँ सरेकी रहेछिन् । उसको भाइ साढेँ दुइ वर्षको थियो ।

काठमाडौँ बस्ने चाजोँपाजोँ मिलाइदिएर उनको बुबा खाडीतिर कमाउन उडेका रहेछन् । उनी पुरै काठमाडौँको रहनसहनमा हुर्किइन् । बुढाले पठाइदिएको पैसाले छोराछोरीलाई हुर्काएकी थिइन् उनकी आमाले । राम्रै स्कुलमा पढाइन्, राम्रै लगाउनखुवाउन दिइन् । थोरै जम्मा भएको पैसाले कुसुन्तीमा किराना पसल पनि खोलेकी थिइन् उनकी आमाले ।”

“कुसुन्ती भन्याचाहिँ ?” विक्रमदाइले सोधे ।

“उता उसको ललितपुरको गाउँ,”, शङ्कर दाइले जवाफ दिनुभयो ।

“ए !” विक्रम दाइ ।

“बुबाको अनुशासन नहुदाँनहुदैँ पनि उनी साह्रै सभ्यशालीन थिइन् । सुन्दर त थिइन् नै ।” म भन्दै गएँ,“जागिरबाट फर्कदाँ चुरोट किन्न म उनीहरूकै पसलमा जान्थेँ । प्रयाजसो उनकी आमा बस्नुभएको हुन्थ्यो । म चुरोट माग्थेँ । ‘कतिवटा ?’, उहाँ सोध्नुहुन्थ्यो । ‘त्यही हिजोकै जत्ति’, म जवाफ दिन्थेँ ।

‘भाइ त साह्रै चुरोट खानुहुन्छ । यति कलिलो उमेरमा पनि कति धेरै चुरोट खानुहुन्छ तपाईँ ।’ मलाई सम्झउन खोज्नहुन्थ्यो । उहाँको उमेर त्यस्तै चालीसबयालीस होला ।

“अँ बानी बसि त गो हेर्नु न”, म त्यही हिजो भनेकै कुरा दोहो¥याउथेँ । बुढेसकालमा रोग लाग्ने कुराप्रति उहाँ मलाई सचेत गराउनु हुन्थ्यो । चाडैँ छोडूँला भनेर म टारिदिन्थेँ ।

एक दिनको कुरा, म जागिरबाट फर्केको थिएँ । पसलमा राइनी बसेकी थिइन् । मैँले दसबटा चुरोट मागेँ । थोरै आत्मविश्वासले मेरो आँखामा हेरिन् र निहुरिन् । सोकेसको माथिल्लो तल्लाबाट चुरोट निकालिन् । ‘ला, बट्टा त रैनछ ।’ भिजेको केश उनको अनुहार नै ढाकिने गरी लत्रिरहेको थियो । कानपछाडि दाहिने हातले सगाँल्दै उनले भनिन् ।

‘ठीकै छ, बट्टा चाहिदँैन’, मैले भनेँ, त्यत्तिकै देऊ ।

‘हैन, ओस्सिन्छ त्यसै त, पख्नुस्’ भन्दै हरियो पोलिथिनको सानो झोलाभित्र पाको पारेर ती चुरोट तिनले मलाई दिइन् । मलाई अचम्म लाग्यो । अगरबत्ती हो र ओसिनलाई । कति बुद्घु केटी ! लौ पानी परेको भए त ठीक थियो, भिज्ला भनेर झोलामा हालिदिइन् । मनमनमा म खुबै हाँस्दै थिएँ, ऊ आत्मबल बढाएर मैँले दिएको पैसा साट्दै थिइन् । उनलाई हेरिरहेँ । अनुहारमा पुलुक्क एकपल्ट हेरेर पैसा फर्काइन्, हलुका स्पर्शका सहित । चीसा थिए औँलाहरू, तर निमन्त्रणा न्यानो थियो । मैँले बुझिहालेँ ।”

”चरोट पनि पोलिथिनको झोलामा राखेर दिइन्, हाहाहा !” शङ्कर दाइ हाँस्नुभयो ।

“अँ दाइ । त्यसपछि त केहि दिन सोचमग्न भएँ । नथापेको पासोमा चरी परिन् अब के गर्ने— हत्तपत्त छोपिहाल्ने कि विस्तारै, वा उम्कियोस त्यसै ? पहिले त उनको उमेर निकै सानो लाग्यो, आफ्नो उमेर, मर्यादा र दायित्व ठूलो लाग्यो । पछि सोचेँ अरे यार जिन्दगी एक यात्रा हुन्छ भने हामी त बटुवा, अनि भेटेका जति सहयात्री । मिल्नेहरू साथी, जुराएकाहरू आफन्त । ज्ञानी भएर उनको निमन्त्रणा स्वीकर्नु नै जाती ठाने । र त्यसपछि सधैँजसो सोही पसलमा जान थालेँ ।”

“राइनीलाई हेर्न ?”, विक्रमदाइले जिस्काउनलाई सोधे ।

“अँ, चारपाँच दिन चारपाँच दिनमा भेटिन्थिन् । अरू दिन कि भन्सामा पकाइरहेकी हुन्थिन्, कि पढिरहेकी हुन्थिन् । सटरबाट पढ्ने कोठा पनि देखिन्थ्यो, भन्सा कोठा पनि । म खुब हेर्थेँ उनलाई । उनी थाहा नभएकोझैँ गर्थिन् ।

कहिलेकाहीँ पसलमा भेट्टाउदाँ म उनलाई एक टकले हेरिदिन्थेँ । उनी शरमले मुस्काउँदै निहुरिन्थिन् । आत्मबल बटुलेर फेरि अनुहारमा हेर्न खोज्थिन्, सक्थिनन् । निकै हिफाजतले कोरेको गाजलको धर्सो र तीखा आखीँभौँले ती आखाँलाई खरायोकोझैँ शोभा दिन्थ्यो । ठूलो निधार, लामो सर्लक्क केश, लाली पोतिएको ससाना ओठ ! रूप चाहिँ दिएकै हो दैवले उनलाई ।”

यता कुराको गरम चढ्दै थियो, उता रात छिप्पिदैँ थियो । “अर्को एक फुल”, शङ्कर दाइले काउन्टरतर्फ हेरेर चिच्याउनुभयो । गिलाँस रित्ताउनुभायो, चुरोट सल्काउनुभयो र सोध्नुभयो, “निकै राम्री थिइन् भने त लाइनमा अरू शिकारी पनि त थिए होलान् नि ?”

“थिए होलान् दाइ खै”, अर्को बोतलको लागि मैले पनि गिलाँस रित्ताउदैँ भनेँ । घडीले आठ बजाउँदै थियो ।

“अनि कसरी पा¥यौ त पासोमा चरीलाई”, विक्रम दाइले सोधे । विक्रम दाइको सोधाइले शङ्कर दाइलाई हसायोँ । “हा हा हा !” विक्रम दाइ पनि आफैँ हासेँ । काउन्टरकी विमली दिदी पनि मुसुमुसु हाँसिन् ।

“कतिवटा पासो थापिएको छ भन्ने कुराको मतलब हुदैँन जब चरी कुनै एउटा पासोमा परिसक्छिन् । अरू पासोप्रति कुनै चासो हुनु हुदैँन त्यो भाग्यशाली शिकारीको । चासोको विषय मात्र चरी र उनको उपयोगिता ।” मैँले भनेँ ।

“प्रेम, शिकारी, चरी, उपयोगिता, उफ !” विक्रम दाइले मुख बनाउनुभयो, “म कुरा काट्थेँ तर भइहाल्यो । तिमी तिम्रो कुरा सक ।”

“हाहा, उनी पसलमा बसेको बेला डेरिमिल्क किन्थेँ । अरू कसैको लागि होइन भनेर देखाउनलाई तुरून्तै प्याकेट फोरेर खाइहाल्थेँ । काठमाडौँको केटीहरूलाई डेरिमिल्क खुब मन पर्छ, डेरिमिल्क किन्ने केटाहरू पनि ।”

“हाहाहा”, शङ्कर दाइ हाँस्नुभयो ।

“निमन्त्रणा उनकै थियो त्यसैले उनलाई पट्टाउन गाह्रो भएन, हाहाहा”, म भन्दै गएँ । “जागिरे थिएँ, पढाइ थियो, घर राजधानीमा थियो । भर्खर बाइक किनेको थिएँ । दुइ सवालको कुरा थियो । पहिलो— मोबाइल नम्बर । दोस्रो— कति बजे फोन गरौँ । पहिलो सवालको जवाफ सरासर दिइन् । दोस्रोमा अलिक अन्कनिइन, रातो भइन् र भनिन् ‘जति बजे गर्दा पनि हुन्छ, हिहिहि’ ।”

त्यही रात फोन गरेँ । आउने शनिबार मूभी हेर्न जाने प्लान बन्यो । त्यसपछि केही चाहिएन, प्रत्येक हप्ताजस्तो कहिले ककनी, कहिले नगरकोट, कहिले धुलिखेल, कहिले थानकोट । हामीवीच धेरै भिन्नता थियो । उनी खुलाचउर, हरियाली, सुन्दर्ताआदीको कल्पना गर्थिन् । म त्यही सुन्दर, हरियाली चउरमा हामी दुई मडारिएको कल्पना गर्थेँ । उनी कति प्रेम गर्थिन् मलाई, मलाई प्रेम गरेजस्तो देखाउन कति धौधौ पथ्र्यो ।”

”शिकारी त नामुद नै हो कि के हो तिमी, कुरा त त्यस्तैत्यस्तै ल्याउछौँ ।”

“हाहाहा, पासोमा छिट्टै परेकी चरी त्यस्तौ नै हुन्थ्यो पहिलापहिला । तर विस्तारै सोचाइ सब यसरी बदलिदियो जसरी कहिल्यै कोहीसगँ भएको थिएन । उनी मलाई धेरै चाहाने भइसकेकी थिइन् । कलेजका आफ्ना साथीहरूसगँ कम मसित बढी सङ्गत गर्न थालिन् । उनको कलेजको आखिरी वर्ष चल्दैथियो तर विहान सधैँ बङ्क गरेर मसित मास्टर्सको क्लास लिन मिनभवन क्याम्पस पुग्थिन् । परीक्षाहरूमा पास हुनु साधारण कुरा थियो उनलाई । घरमा पनि बढी जिम्मेवार हुन थालिन् । त्यसैले पनि उनकी आमाले मसगँ उनको सम्बन्ध बाक्लिदाँ पनि केही भन्नुहुन्थेन । झन पसलमा जादाँ ग्राहकभन्दा बढी आफन्तजस्तो न्यानो व्यवहार गर्नुहुन्थ्यो ।”

“आमालाई भनिछन् उनले तिम्रो बारेमा ?” शङ्कर दाइले सोध्नुभयो ।

“मैँले नै भन्नु भनेको थिएँ । र परिणाम पनि राम्रै भयो । उनकी आमाले कुनै व्यवधान खडा गरिदिनन् ।‘भोली के हुन्छ के थाहा ? आज इमान्दार भएर बाँच्नु, ननाघ्नु पर्ने सिमाना पहिल्यै चिन्नु । यति धेरै पढेकाबुझेका तिमीहरूलाई म पुरानो पुस्ताले के सिकाउनु पर्छ ।’ यसो भन्नुहुन्थ्यो उनकी आमा । उहाँको बुझाइ र तरिकाले साह्रै मन छुन्थ्यो मेरो । अब म हरेक साँझजस्तो उनीहरूको पसलमा मात्र होइन घरभित्रै पुगेरै फर्कने भइसकेको थिएँ ।”

“तिम्रोमा चाहिँ लगेनौँ ?”, विक्रम दाइले सोधे ।

“लगेँ विक्रम दाइ । बाबाले रूप र जिउडाल मन पराउनुभयो, आमाले जात घिनाउनु भयो, तर मुख फोर्न सक्नुभएन । त्यो केटी भएन भन्नुभएको भए म सोध्ने थिए के मैँले आजसम्म तपाईँहरूले भनेको मानेको छुँ ? मान्या भए पो छ भन्ने, आमाले छैन भन्नुहुन्थ्यो । ‘त्यसो भए अब किन मान्छु त ?’ म सो्रध्थेँ । आमासगँ केही जवाफ नै हुन्थेन ।”

“हाहाहा” हामी सबैजना हास्यौँ । “म घर ढिलो आउने, पैसा नबचाउने भएको कारण बाआमा मेरो बिहे गर्ने कुरा गर्नुहुन्थ्यो । त्यही बेलातिर राइनीलाई मैँले घर लगेँ । के चाहिन्थ्योँ र, उनैसगँ बिहे गर्ने योजना बनाउन सुरू गर्नुभयो । एकपल्ट त राइनीलाई पनि एक्लै घर बोलाएर खै केके कुरा गर्नुभएछ । तर म भनेँ राइनीको उमेर भर्खर एक्काइस भएको र पढाइ सकाइनभ्याइसकेका कारण अहिल्यै बिहे नगर्ने निर्णयमा थिएँ ।

केही महिनामा नै उनको अन्तिम परिक्षा सकियो । नतिजामा खुबै राम्रो अङ्क पनि ल्याइन् । त्यस रात उनी र म नगरकोटमा सगैँ खुब खुसी थियौँ ।  तर एकाएक उनले अगाडिको पढाइ विदेशमा पुरा गर्न चाहिन्— अमेरिकामा । निकै मिहिनेत गरेर पढ्ने र फर्की आउने योजना सुनाइन् । मलाई पटक्कै चित्त बुझेन उसका कुरा । कति सम्झाएँ विदेश नजाऊ भनेर । ‘यहीँ बरू केही गर । आमाको किराना पसललाई डिपार्टमेन्टल स्टोर बनाएर चलाऊ ।’ विज्नेस पढेकी थिइन्, राम्रो अङ्कमा पास गरेकी थिइन् । क्षमतावान, योग्य व्यक्तिहरूले औपचारिक शिक्षा हैन स्वअध्ययन गर्नुपर्छ भनेर सम्झाएँ । बरू यहीँ केयूमा पढ, स्कुटर किनिदिम्ला भनेँ ।”

“तर मानिन”, म एकोहोरो बोलिरहेँ । “एक रात मेरो घरमा खाना खानेबेलामा त्यही कुरा चल्यो । “राइनी अमेरिका जान्छे रे”, मैँले सुनाएँ । सबैजना खुसी हुनुभयो । ‘आखिर छोराले नभए पनि बुहारीले त अमेरिका लग्ने भई’, आमाले सुनाउनुभयो । मैँले केही भनिन ।

मलाई कति भन्नुहुन्थ्यो आमाबुबा बाहिर जा, अमेरिका जा भनेर । तर म देश छोडेर कमाउन, पढ्न र
वा रमाउन केहीका लागि पनि विदेश नजाने मानसिकता बोकेको व्यक्ति परेँ ।”

‘सिद्धान्त को सिकार’ भन्दै शङ्कर दाइ हाँस्नुभयो । म निरन्तर बोल्दै मात्र थिएँ । “जे छ, जन्मेको ठाउँमा नै छ । असाधारण योगदान गर्ने हैसियतको नभए पनि एउटा सचेत नागरिक बनेर देशमै बस्नुपर्छ भन्ने लाग्छ । अनि समस्या यहाँ नेर आइपर्छ जब कोही मेरो चिनजानको व्यक्ति विदेश जान्थे, विशेष गरी अमेरिका, यूरोप, अस्ट्रेलिया । उनीहरूसगँ म बोलिचाली समेत बन्द गरिदिन्छु ।”

हातको चुरोट सल्किएर ठुटै भइसकेछ । तान्नै पो बिर्सिएछु । त्यसलाई फ्याकेँ । अर्को सल्काएँ । अनि भनेँ, “चित्त नबुझेर एक दिन झ्याप भएर घर गएँ । यदि राइनी विदेश गइन् भने म ऊसगँ बिहे नगर्ने, बरू ट्रान्सफर लिएर अन्तै गई कहिल्यै नफर्किने भनेर घरमा रडाँको मच्चाएँ । ‘हुन्छ, तैँले जसो भन्छस् उसै गरौँला’, आमाले भन्नु भएको थियो ।”

तर त्यस रातको दुई महिनामा राइनी उडिन् । खर्चजमानी बाआमाले बेहोरिदिएछन् । बुबाले कमाएको सम्पत्ति थियो, आफ्नो मनखुसी गर्ने अधिकार थियो उहाँलाई । केही भनिन । आमा ! आमाले त बुझ्नु पर्ने थियो । राइनी जिवनमा आएबेलादेखि म कति खुसी भएको थिएँ । कुलत र खराब सरसङ्गत सबै त्यागिसकेको थिएँ । मेरो परिवारले लगानी नगरिदिएको भए राइनी उड्ने थिइनन् । आमाबुबाको अमेरिका जाने इच्छा पुरानो थियो, जसलाई म एक्लो छोरोले लतार्दै आएको थिएँ । राइनी मेरो कमजोरी भएको थाहा पाएर आमाले छुपारूस्तम चाल खेल्नुभयो । आमा पनि मन परेन मलाई त्यस दिन देखि ।

राइनी उड्ने दिन उसको घरमा गएको थिएँ । उनले सामान व्रिफकेसमा मिलाउदैँ गर्दा समेत उनकी आमाले ‘बाहिर नजा छोरी’ भन्दै हुनुहुन्थ्यो । ‘हेर त उहाँ बाबुले पनि पटक्कै मन पराउनुभएको छैन । राम्रो नहोला बा, यतै बस् ।’

‘म तीनै वर्षमा फर्किन्छु के आमा’, राइनी कड्किइन् । ‘उहाँ साह्रै अटेरी, घमन्डी हुनुहुन्छ । धेरै आदर्शका सिटामोल खानुहुन्छ । प्रतिभा र उमेरलाई पानी सरह यो उराठ मरूभूमीमा खन्यउनुहुन्छ, अनि कुनै फूल नफुल्दा बुढेसकालमा पछुताउनु हुनेछ । म त्यसरी पछुताउन चहादिन् । म धेरै पढ्न चहान्छु— आफ्नो लागि, पैसाको लागि साह्रा जवानी विदेशमा बिताएर अझै नफर्किएको मेरो बुबाको लागि, लोग्नेले पठाएको पैसा र सन्देशमा आफ्नो योवन र उमेर बन्घकी राखी छोराछोरी हुर्काउने मेरी आमाको लागि, आदर्श र वास्तविकतावीच सङ्घर्षमा आफ्नो जिन्दगी डढाउन तयार मेरो प्रेमीको लागि, पुस्तकका अक्षरहरू सिकेर भविष्य चिन्न खोज्दै गरेको मेरो भाइको निम्ति, रूप फेर्दै गरेको हाम्रो पिछडिएको समाजलाई सहि मार्गमा डो¥याउनका निम्ति । म जानेछु आमा अमेरिका । पढ्नेछु, फर्कनेछु र केही गर्नेछु ।’

राइनीको बुझाइ गलत थियो तर अन्तिम घन्टासम्म पनि सम्झाइरहन चाहिन । धमिलो पानीलाई त्यतिकै बग्न दिदाँ चाडैँ सङ्लिएला । उनी फर्किएलिन् वा उतै बस्लिन्, यो कुर्ने धैर्यता ममा थिएन । मैँले सरासर भनिदिएँ, “तिमी फर्कनुनफर्कनुको कुनै तुक रहन्न अब, अनि अस्ति हामीले गरेको कोर्ट म्यारिजले पनि कुन अस्तित्व राख्दैन । सब बाहिर जाने चाल रहेछ तिम्रो । चालु केटी रहिछौ तिमी ।”

‘तपाईँ जेसुकै भन्नुहोस् । तपाईँको परिवारको इच्छा पनि यस्तै छ ।’ उनले भनिन् ।

उसो भए तिमी मेरो बाआमाको बुहारी बनिदिनु । छोराले दिन नचाहेको खुसी दिनु । नारी सशक्तिकरण र समान हकअधिकारको वकालत गर्नु । जेजे मन लाग्छ सब गर्नु । म ट्रान्सफर लिएर जिल्लातिर हानिन्छु, कहिल्यै फर्कन्न ।’ यति भनेर सरासर उनको घरबाट जिक्लिएँ । एयसपोर्ट पु¥याउन पनि गइन । सिधैँ रक्सिको बोतल फोर्न ठमेलतिर गएँ । सबै नसोचेका कुराहरू एकाएक भइदिए, आफ्नै परिवारको नौटङ्की पात्र बनेँ, केही सोच्नै मन लागेन । राती अबेरसम्म पिउदैँ बसेँ । लिनलाई बैँककै साथी अशोकलाई फोन गरेँ । हामी साह्रै मिल्छौँ , म झ्याम, ऊ फ्रेश ! दुई गिलाँस उसलाई पनि हनाइदिएँ, दुबैजना झ्याप । त्यसपछि त अशोक माल हान्ने पो भन्न थाल्यो । जा गएर आइज भनि पठाएँ । म त्यहीँ पिउदैँ बसेँ । त्यो जातैको अनुहार घृणित लागेको बेला थियो त्यो ।

अशोक एक घन्टा जतिमा आयो । म फिट्टु थिएँ । अशोकले बाइक चलाएको थियो । दुई गिलाँस त उसले पनि पिएको थियो, तर मापसे जाँच गर्ने ट्राफिकले पत्तै पाएन । म फिट्टु भएर लिन आएको भनेर गफ हानेछ मोराले । ट्राफिकले छोडिदिएछ ।’

शङ्कर दाइ र बिक्रम दाइ सुन्दै हुनुहुन्थ्यो । म भन्दै थिएँ ।

“मेरो ट्रान्सफर नझरूञ्जेलसम्म म अशोककै कोठामा बसेँ । झन्डै एक महिना लाग्यो । घर पनि गएको छैन, राइनीको आमालाइै पनि भटेको होइन । फोन बोक्न छाडिदिएँ, इन्टरनेटबाट बिलाइदिएँ ।” अशोककोबाट सिधै दाङ आएँ । यहाँ आएको कति भयो र, पन्घ्र दिन ?”

“भने पछि तिमी कहाँ छौ, के छौ घरमा थाहा छैन ?” शङ्कर दाइले सोध्नुभयो ।

“थाहा छ होला, तर मैँले भनेको छैन । मैले कुरा गर्ने भान्जा दाइसगँ मात्र हो ।”

“अनि राइनीसगँ कुराकानी”, विक्रम दाइले सोधे ।

“हुदैँन । गर्दिन ।”

“त्यती छिट्टै त्यसरी नजिकिएर एक्कासी टाढा हुदाँ न्यास्रो लाग्दैन ?”

“लाग्छ । धेरै याद गर्छु । मेरो कुलत सबै छोड्ने बनाइन् । मेरो असन्तोकी मनलाई यसरी पूर्णता दिइन्, बदलामा म उनलाई धेरै प्रेम गर्नेछु । तर मैँले प्रतिज्ञा गरिसकेँ उनीसगँ कहिल्यै भेट्दिन, बोल्दिन ।”

“अनि बाआमा?” शङ्कर दाइले सोध्नुभयो, “घर जादैनौँ ।”

“बाआमा अमेरिका जाने सोच्छन् । म कर्णालीलाई प्रेम गर्छु । छोराले नदिएको खुसी बुहारीले दिदैँछे, उनीहरू खुसी छन् । म छोराले त्यती गर्न सकेँ, मेरो कर्तव्य पुरा भयो जस्तो लाग्छ । मेरो त सोच कहिल्यै फर्किने छैन । अब जे गर्छु नितान्त एक्लो छु भन्ने ठानेर गर्छु । बरू कर्णाली तिर गएर स्कुल पढाएर बस्छु ।”

“त्यसै सिद्धान्तको शिाकार भनेको त होइन रहेछ मोहनले तिमीलाई, हाहाहा”, शङ्कर दाइले भन्नुभयो ।

“अरू कुनै विकल्प नै छैन शङ्कर दाइ । सोच्दासोच्दा म यति पर आइसकेँ । न हार स्वीकार्दै घर फर्कन मन लाग्छ, न त राइनीलाई बिर्सन सक्छु । देशको सधैँको भताभुङ्ग चाल देखेर कहिलेकाहिँ आफू पनि विदेश जाऊँ कि जस्तो लाग्छ । तर सिद्धान्तको मान्छे म, सिद्धान्तलाई दोबारेर पाएन्टको खल्तीमा कोची आफैँलाई बेच्न सक्दिन । मेरो अभिमनले हारेको मेरो आँखाले देख्न नरूचाउने दृश्य हो । खै शङ्कर दाइ, मेरो अहंकारको भुङ्ग्रोलो मुटु नै डढाएर खरानी बनाउँछ भयो । जिन्दगीको प्राप्ती चाही त्यसैको खरानी हुने भयो ।”

“लौ, तिम्रो अहंकार पनि । तर याद गर प्रेम सधैँ असल हुन्छ, यसलाई कहिल्यै लतार्नु हुदैँन । यसलाई फक्रने मौका दिनुपर्छ । बिछोड सधैँ पीडादयी हुन्छ, सकेसम्म नअगाँल्नु ।” यती भनेर शङ्कर दाइ हालको गिलाँस हलुका हल्लाएर भित्रको चलायमान तरललाई हेर्दै घोत्लिनु भयो । अरूको व्यतिmगत कुरा सोधेर आफू भावुक भइदिने उहाँको अन्दाज मलाई मन प¥यो ।

“त्यसरी निचोडमा पुग्ने तिम्रो बेला भएको छैन ।” विक्रम दाइले भन्नुभयो, “रह्यो कुरा तिम्रो प्रेमप्रतिको मेरो बुझाइको । तिमी गहिराइमा त निकै पौडिएछौ, तर राइनीप्रतिको प्रेममा हैन, तिम्रा आफ्ना सिद्धान्तहरूसगँ । ठीकै छ, मानिसलाई बाँच्नका निमित्त आस्था चाहिन्छ । सही गलत के हो मलाई थाहा छैन, भए पनि मैँले भन्नुहुदैन । तर एउटा कुरा, मेरा आँखा अबदेखि सधैँ तिमीमाथि रहनेछ । के गनेर्छौ तिमी भनी हेर्न खोज्नेछ । सिद्धान्त बोक्नु पछ । घमन्ड मानिसको जन्मजात गुण हुन्छ, थोर बहुत सबैले गर्छन् । तर परि आउँदा, घमन्डलाई इज्जतसाथ त्याग्न सक्नु निर्भयी, युगिन व्यक्तीहरू मात्रको कार्य हो । सिक्नु, तिमीलाई जरूरी छ ।”

एकाएक विक्रम दाइले मेरो सम्मान आर्जन गर्नु भयो । “हुन्छ विक्रम दाई ।”

त्यसपछि धेरै समय कोही बोलनौँ ।

एकाएक शङ्कर दाइ कराउनुभयो, “हआ ! यो सिशिको गफ सुनेर अकोए सिसीले लाग्दै लागेन । भाउजू अर्को एक बोतल ल्याउनुस त टेबलमा । विक्रम अब तिम्रो पालो । लौ तिम्रो प्रेमकथा सुनाऊ ।”

“मेरो त प्रेम भनेको शहाकरी हुदैँन नि फेरी दाइ”, विक्रम दाइले भन्नु भयो ।

“रक्सीसगँ सेक्सी गफ नै मीठो हुन्छ । अघिको चित्त बुझेन । लौ अब तिमी सुरू गरिहाल ।”

विक्रम दाइले पाखुराको बाहुला माथि सार्नुभयो र हौँसिनु भयो । “हुन्छ, पहिला बोतल नै आओस् ।”

म चुप बसिरहेँ, त्यसपछि ।

No comments:

Post a Comment