कहाँ खोजूँ म अर्को कविता-
सुर्ती झारेर लडाइराखेको चुरोटको खिल्लीमा,
कि बिर्को खोलेर ठडाइराखेको बियरको बोतलमा ?
कोर्सबुकमाथि मस्त रक एन्ड रोल लेड जेप्लिनको सगीँतमा,
कि अव्यवहारिक मेरा औँलाहरूले चलाउने कलमको चुच्चेबुच्छे निबमा ?
कहाँ खोजूँ
अझै पनि छु है म
लड्दैपड्दै अघि बढ्दै छु
भन्ने भावनाको एउटै कविता ?
हुन त कविता पाइने ठाउँ अनेक हुन्छन्-
पाएन्टको पछाडि खल्तीमा, मीठू भाउजुको भट्टीमा
गृहीणीको पोल्टामा. अल्लारेको सुशेलीमा
जेडी ढुकुरको गुँडमा, प्रेमिकाको मुडमा
पत्रिकाका अक्षरहरूमा, पात्रोका पानाहरूमा
मध्यान्हको घाममा, साँझको चन्द्रमामा ।
तर दिल अलिक भिन्न कविता माग्दैछ,
दिल हो, इच्छा पुर्याउनै गाह्रो !
परन्तु धन्य छ जीवन, दिलको अर्को डिमान्ड पुरा गरिदिन
अर्को एक रात
बिताइदिदैँ छ
विना परवाह !
अव्यवारिक भइदिने दिल
जिम्मेवार हुनु पर्ने जिन्दगी
म !

No comments:
Post a Comment