खरानीमाथी नै उरलधुरल उफ्रिएर,
कहिल्यै सर्लक्क नाङ्गै लम्पसारिएर,
खरानीकै निमित्त ठीक्क छ राजनीती
जोगी कयौँ थपिए,-(दैँ छन्)
युगका मानिस दसकमै भास्सिए,-(दैँ छन्)
प्रजातन्त्र नै पो माटोमा फाप्दैँन कि ?
उछितो काट्नु भएको छ नव-तन्त्र
आधी कुरा मात्र बुझेर, बाकीँ बुझ्न नखोजेर
कायरताको सिरक ओढी,
बोलिव्यवहारमा उतल्लै ओर्लिएर
कुर्सी चाटिदिएर मात्रै पनि बन्दैन काम
सानादेखि ठुलासम्मकै पुसिदिनु पर्ने
आफ्नै माटोमा म भूइँमान्छे
दोस्रो दर्जा स्वीकार्न अभिशप्त !
No comments:
Post a Comment