Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

अधेँरो छ झम्के साँझ

 अधेँरो छ झम्के साँझ

रातो चिटिक्क ओठको लाज

बाटुलो अनुहार, गहूँगोरो लेपन,

चम्किला काला आँखा, 

थाेप्लो टीका 'टिपिक्क'

दुई नयनकाे माझ !


राजकुमार कुर्दछिन् अधीर बेजोड

ऐनाअगाडी हुँदाहुँदै नै आइदेओस बरू

आएर सगैँ खानासाना खाएर

ढोकासोका लाएर, न्यानो गरी,

अश्लील सुतिदेओस् रातभरी ।


बिहान उठ्दा पनि पासमै होओस्

तर घाम लाग्दा नलाग्दै

छिमेकको आरीसले हो कि वा उच्चाकाङ्छाले पो हो

(किनकी गरीबीले त हुँदैे होइन)

घोर मातिएर

धन कमाउन भनी

उनको बैँसलाई बासी थन्काउन तयार भई सट्टामा बरू

पासपोर्ट लिई भिसा लगाउन भनी 

काठमाडौँ नहिँडोस् ।

No comments:

Post a Comment