हा हा हा
आफ्नै आयू
चुरोटमा भरेर
तानिरहेछु ।
यही हो जीवन
यसरी नै हो बाँँच्ने भनेर
तानिरहेछु ।
खुला छ रे संसार
स्वतन्त्र छ रे मानिस
हा हा हा
मसित त साङ्लाहरू छन्
अनि म पिँजडाभित्र कैद छु
तिमीले देख्दैनौ भन्दैमा के मैले ढाटेँको हुन्छु ?
हा हा हा
जाऊ गएर खोलामा चोबिएर आऊ
पखालिएर आऊ
वास्तविकता स्वीकार्न पवित्र हुनुपर्छ
अथवा देखिए मात्र पुग्छ
जाऊ खोलामा गएर चोबिएर आऊ
पखालिएर आऊ
फोहोर खोलामा नजाऊ
त्यहाँ देवी हुदिँनन्
सङ्लो खोलामा जाऊ
चोबिएर आऊ
No comments:
Post a Comment